logo
शुक्रबार, साउन २९ २०८३

झापाली समाज युएई द्वारा छात्रवृत्ति बितरण


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ २ २०८३

बिर्तामोड । झापाली समाज युएईले छात्रवृत्ति बितरण गरेको छ ।

झापाली समाज युएई नेपाल सम्पर्क समितिले आज एक कार्यक्रमका बिच गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको हो ।

झापाली समाज युएईको समन्वयमा झापाका १५ वटै पालिकाबाट एकएक जना विधार्थी छनौट गरी १५ जना विधार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंले बताउनु भयो ।।

समाज नेपाल सम्पर्क समिति हल्दीबारी संयोजक बासुदेव चापागाईंले औचित्यमाथी प्रकाश पार्दै वैदेशिक रोजगारीको सिलसिलामा युएईमा श्रमरत झापालीहरुको सामाजिक संस्था झापाली समाज युएईले झापाका सबै पालिकाबाट १÷१ जना विद्यार्थीलाई जनही ५ हजार ५ सय रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको बताउनु भयो ।

झापाली समाज युएईले विभिन्न समयमा गरेका साँस्कृतिक तथा वनभोज कार्यक्रमबाट प्राप्त बचत र समितिका सदस्य बाट स्वेच्छिक रूपमा प्राप्त रकमलाई एकमुष्ट रूपमा जम्मा गरी स्थापना गरेको अक्षयकोषमा १३ लाख रुपैयाँ रहेको र अक्षय कोषको ब्याजबाट प्राप्त रकम स्थानीय पालिका र सम्बन्धित विद्यालयको सिफारिसमा कक्षा १० सम्मका विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको समाजले जनाएको छ ।

छात्रवृत्ति पाउनेहरूमा श्रीकृष्ण मावि दमककी अनिसा सिंह, बालज्योति प्रावि शिवसताक्षीकी रेस्मा महरा, दुर्गा मावि गरामनीकी रिया थापा, भानु मावि मेचीनगरकी ईस्मा खत्री, शहीद धर्मभक्त मावि कमलका सविन खड्का, नवसृजना प्रावि हल्दिबारीकी जेनिसा परियार, जनकल्याण आवि गौरीगञ्जका विकास हेमरम,घोडामारा आबि बाह्दशीकी पुनम विक, शिव मावि कचनकवलका पुस्कर कार्की, डोरामारी मावि गौरादहकी अनु मुर्मू, कल्वलगुडी आवि भद्रपुरकी समृद्धी गौतम, पुहांतु जनज्योति मावि भद्रपुरका पुस्पल खवास, सरस्वति आबि बुद्धशान्तीकी ईशानी लिम्बू, कुवाडीदेवी मावि झापा गाउँपालिकाकी निरूता टुडु रहेका रहेको अध्यक्ष चापागाईले बताउनु भयो ।

झापाली समाज युएई नेपाल सम्पर्क समितिका बिभिन्न पालिकाका संयोजकहरू दमककी सरस्वति बाँस्तोला, शिवशताक्षीकी संगीता डाँगी, बिर्तामोडका खेमराज भट्टराई, मेचीनगरका विकास उप्रेती, कमलका मित्रलाल पोखरेल, हल्दीबारीका बासुदेव चापागाईं , बाहदशीका दुर्गेश सापकोटा , कचनकवलका बलराम अर्याल, गौरादहकी विनिता सापकोटा, भद्रपुरका हेमसागर भट्टराई, झापा गाउँपालिकाका संयोजक प्रदिपकुमार संग्रौलामार्फत छात्रवृत्ति बितरण गरिएको थियो ।

समाजले छात्रवृत्ति प्रदानका साथै जाडो मौसममा न्यानो लुगा वितरण तथा बिर्तामोडमा रहेको अपाङ्ग वालशिक्षा सरोकार केन्द्रलाई पनि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी बर्सेनि छात्रवृत्ति प्रदान गर्दै र्आको छ ।

झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंको अध्यक्षता तथा झापाली समाज युएई नेपाल सम्पर्क समितिका प्रमुख सल्लाहकार राजेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल सम्पर्क समितिका सचिव राजु उप्रेतीले गर्नु भएको थियो भने उपाध्यक्ष सरस्वति बांस्तोलाले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend