logo
शुक्रबार, साउन २९ २०८३

दोश्रो तीनकुने पोखरी पर्यटन महोत्सव २०८२ को आयाव्यय सार्वजनिक


  • कुइनेटो न्युज
  • बिहिबार, बैशाख ३१ २०८३

चुलाचुली÷ दोश्रो तीनकुने पोखरी पर्यटन महोत्सव २०८२ को आयाव्यय सार्वजानिक गरेको छ ।

ईलामको चुलाचुली २ स्थित तीनकुने पोखरी सिमसार तथा पर्यटकिय क्षेत्रले नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गरेको दोश्रो तीनकुने पोखरी पर्यटन महोत्सव २०८२ को आयाव्यय एक कार्यक्रमका बिच विहिवार सार्वजानिक गरिएको हो ।

२०८२ साल चैत्र २५ गते देखी २०८३ साल बैशाख ३ गते सम्म सन्चालित तीनकुने पोखरी पर्यटन महोत्सव २०८२ मा आम्दानी तर्फ चुलाचुली गाउँपालिका,सम्बन्धित वडा कार्यालयहरुका साथै टिकट बिक्री,बैदेशिक रोजगारीमा रहेका व्यक्ति, ब्यापारिक स्टलहरु लगायत बाट जम्मा १९ लाख १ सय २५ रुपैया आम्दानी भएको थियो भने खर्च तर्फ १७ लाख १ हजार ८ सय ७९ रुपैया खर्च भएको तीनकुने पोखरी सिमसार क्षेत्र संरक्षण समितीका अध्यक्ष नगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

९ दिने सम्म सञ्चालनमा रहेको महोत्सवमा बिभिन्न मनोरन्जनात्मक खेलहरु का साथै लोपउन्मुख स्थानिय कला सस्कृती झल्कने सास्कृतिक नृत्य,राष्ट्रिय तथा स्थानिय कलाकार हरुको समेत प्रस्तुती रहेको थियो ।

यस्ता मेला र महोत्सवले स्थानिय ठाउँमा भएका कला सस्कृतीको बिकास र प्रवद्र्धनमा टेवा पुग्ने वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मण श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु माइतराज लिम्बु ,हर्कराज लिम्बु लगायत स्थानिय समाजसेवी बुद्धिजिवी लगायत सरोकार वालाहरुको उपस्थिती रहेको थियो ।

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend