कमल । ईलामको चुलाचुली गाउँपालिका बाट नापी र मालपोत सेवा सुरुहुने भएको छ ।
गाउँपालिका बाटै नापी र मालपोत सेवा सुरु भएपछी चुलाचुली वासीले अब ईलाम सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
देशभरका ७ सय ५३ वटा पालिका मध्ये नेपाल सरकारको मन्त्रीस्तरको २०८३ बैशाख २३ गते को निर्णय अनुसार पहिलो चरणमा २ सय १४ वटा स्थानिय तहले नापी र मालपोतको सेवा सन्चालन गर्न अनुमती पाए संगै चुलाचुली गाउँपालिकाले समेत सेवा सन्चालनकालागी अनुमती पाएको हो ।
सेवा सन्चालन गर्न अनमती पाए संग गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आफ्नो फेस बुकमा अनुमती पत्रको फोटा सार्वजनिक गर्दै ऐतिहासीक सफलता प्राप्त भएको बताउनु भएको छ । यो सफताले चुलाचुली बासीको वर्षै देखीको सपना पुरा भएको समेत अध्यक्ष केरुङले बताउनु भयो ।
यो ऐतिहासीक सफताका लागी गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी, नेपाल सरकार र स्थानिय बासीलाई समेत केरुङले धन्यवाद दिनु भएको छ ।