logo
शुक्रबार, साउन २९ २०८३

कोशी प्रदेश सरकारसँग अपाङ्गमैत्री नीति तथा बजेट ल्याउन आग्रह


  • कुइनेटो न्युज
  • शुक्रबार, बैशाख २५ २०८३

विराटनगर / राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल, कोशी प्रदेशले आगामी आ.व. २०८३/०८४ को नीति तथा बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाल समेट्न प्रदेश सरकारसँग माग गरेको छ।

महासंघले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ३७ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, पुनःस्थापना, पहुँचयुक्त संरचना र सामाजिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको हो।

ज्ञापनपत्रमा सार्वजनिक यातायातमा सहुलियत, निःशुल्क स्वास्थ्य उपचार, सहायक सामग्री, स्रोत कक्षा, छात्रवृत्ति, सीप विकास तथा स्वरोजगार कार्यक्रम विस्तार गर्नुपर्ने उल्लेख गरिएको छ।

महासंघका अध्यक्ष नवीन चन्द्र ढुंगेलले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सबै मन्त्रालयले आवश्यक बजेट तथा कार्यक्रम समावेश गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend