logo
शुक्रबार, साउन २९ २०८३

जेष्ठ नागरिकलाई सम्मान गर्दै कमल ३ द्वारा थर्मस वितरण


  • उमानाथ भण्डारी
  • शुक्रबार, बैशाख २५ २०८३

कमल । झापाको कमल गाउँपालिका ३ ले वडाभित्रका जेष्ठ नागरिकलाई सम्मान स्वरुप थर्मस वितरण गरेको छ ।

वडमा बसोवास गर्दै आउनुभएका जेष्ठ नागरिक हरु मध्ये ८४ वर्ष माथिका ६३ जना जेष्ठ नागरिकलाई सम्मान स्वरूप आवश्यक सामग्री अन्तरगत थर्मस वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यलयले वडामा उपस्थित हुन नसक्ने जेष्ठ नागरिकलाई घरमै पुगेर थर्मस वितरण गरेएको थियो ।

समाज निर्माणमा जेष्ठ नागरिकहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै वहाँहरूको सम्मान र संरक्षण स्थानीय सरकारको दायित्व भएकोले जेष्ठ नागरिकप्रति सम्मान र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले सम्मान स्वारुप थर्मस वितरण गरीएको वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताउनुभयो ।


जेष्ठ नागरिकहरू अनुभव, ज्ञान र संस्कारका धरोहर भएकाले वहाँहरूको जीवनलाई सहज र सम्मानित बनाउन वडा कार्यालयले जेष्ठ नागरिक लक्षित विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि जेष्ठ नागरिक लक्षित स्वास्थ्य, सम्मान तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने छ भने उमेरसँगै स्वास्थ्यमा देखिने विभिन्न समस्यालाई ध्यानमा राख्दै तातो पानी तथा पेय पदार्थ सुरक्षित राख्न सहज होस् भन्ने उद्देश्यले थर्मस वितरण गरिएको वडा सचिव देबी प्रसाद फुएलले बताउनु भयो ।

कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले वडा कार्यालयले आफूहरूलाई सम्झेर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै कतिपय जेष्ठ नागरिकहरूले स्थानीय सरकारले आफूहरूको आवश्यकतालाई बुझेर सहयोग गरेको भन्दै यस्ता कार्यक्रमले राज्यप्रतिको अपनत्व र आत्मीयता बढाउने विश्वस व्यक्त गर्नुका साथै जनप्रतिनिधीलाई जेष्ठ नागरिक देबी प्रसाद तिम्सिनाले धन्यवाद दिनुभएको थियो ।

वडा कार्यालयले विगतदेखि नै जेष्ठ नागरिककालागी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेष गरी जेष्ठ नागरिक, महिला, बालबालिका तथा विपन्न समुदायलाई लक्षित गरी विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गरिँदै आएको वडा सदस्य भगवती राईले बताउनु भयो ।

समाजमा जेष्ठ नागरिकप्रति सम्मानको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

कार्यक्रम जेष्ठ नागरिक संघ कमल ३ का अध्यक्ष पुष्प प्रसाद बास्तोला र सचिव धान्य प्रसाद बरालको समन्वय र सहकार्यमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend