विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे बीच आज विराटनगरमा भेटघाट भएको छ।
भेटको अवसरमा दुई प्रदेश बीच हुनसक्ने सहकार्य र समृद्धिका विषयमा कुराकानी भएको छ। विराटनगरबाट पोखरा हवाई सेवा सञ्चालन गर्ने साथै पोखरा आएका पर्यटकलाई कोशी प्रदेशको माउन्टेन फ्लाइट हिमाल को दृश्यावलोकन गराउने जस्ता विषयमा दुई मुख्यमन्त्रीबीच कुराकानी भएको छ।

दुवै प्रदेश पर्यटन का हिसाबले महत्वपूर्ण रहेको प्रदेशलाई जोड दिन सके समृद्धि हासिल गर्ने कुरामा सहयोग पुग्ने विश्वास मुख्यमन्त्रीहरुले गर्नुभएको छ। कोशी प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवनकुमार कार्कीका अनुसार गण्डकी प्रदेशका पाण्डे आज व्यक्तिगत भ्रमणका सिलसिलामा विराटनगर आइपुग्नुभएको हो।