कमल , साउन १८ । पौडी खेल्ले क्रममा खोलामा डुबेर खरेल बेपत्ता भएका छन् ।
कमल गाउँपालिका १ स्थित कमल खोलामा (लाफादी खोला) मा पौडी खेल्ले क्रममा कमल गाउँपालिका १ का उज्जल खरेल बेपत्ता भएको वडा अध्यक्ष केदार कटुवालले जानकारी दिनुभयो ।
चार जना युबा हरु एक्कै साथ पौडी खेली रहदा ३ जना निस्किएको तर वहाँ पानि कति छ भनेर नाप्न जाने क्रम मा बेपत्ता भएको पारम्भिक अनुसन्धान बाट थाहा भएको प्रहरीले जनाएको छ ।
यो समाचार तयार पार्दा सम्म इलाका प्रहरी कार्यालय झिलझिले ,शशस्त्र प्रहरी बेस क्याम बैगुन्धुरा र जिल्ला प्रहरि कार्यलय चन्द्रगढी बाट आवस्यक सामान सहित आएको गोताखोरको टोलि ले बेपत्त्त भएका खरेलको खोजि कार्य गरिरहेको छ । ।