logo
शुक्रबार, साउन २९ २०८३

सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीका लागि क्षमता विकास तालिम सम्पन्न


  • उमानाथ भण्डारी
  • मंगलबार, बैशाख १५ २०८३

ईटहरी । सहकारी विभागको आयोजनामा सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूलाई लक्षित गर्दै “विनियम तथा कार्यविधी तयारी एवं संशोधन सम्बन्धी क्षमता विकास तालिम” इटहरीमा सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा विभिन्न सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समितिका सदस्य, व्यवस्थापक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

तालिमको उद्देश्य सहकारी संस्थाहरूमा आवश्यक पर्ने विनियम निर्माण, कार्यविधी तयारी तथा समयसापेक्ष संशोधन गर्ने क्षमतामा अभिवृद्धि गर्नु रहेकोले तालिमको आयोजक गरिएको राष्ट्रिय सहकारी बैंक कोशी प्रदेश प्रमुख चिरन्जिवी तिमल्सिनाले बताउनु भयो ।

कार्यक्रममा सहकारी ऐन, नियमावली, आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, पारदर्शिता तथा उत्तरदायित्व लगायतका विषयहरूमा विस्तृत रूपमा छलफल तथा प्रशिक्षण गराईएको थियो ।

सहकारी संस्थाहरूले आफ्नो कार्य सञ्चालन गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रिया, विनियम निर्माण गर्दा ध्यान दिनुपर्ने पक्ष, कार्यविधी तयार गर्दा व्यवहारिक रूपमा देखा पर्ने समस्या र समाधानका उपायहरू का साथै, हालको परिवर्तित आर्थिक तथा नीतिगत सुधारमा सहकारी संस्थाहरूलाई अझ व्यवस्थित र उत्तरदायी बनाउन आवश्यक सुधारका उपायहरूबारेसहकारी विभागका कनुन अधिकृत कृष्ण प्रसाद वस्यालले सहजी करण गर्नुभएको थियो

तालिमका सहभागीहरूलाई समूहगत छलफल, प्रस्तुति, केस स्टडी तथा अभ्यास मार्फत व्यावहारिक ज्ञान हासिल गराइएको थियो । सहभागीहरूले आफ्ना संस्थामा देखिएका समस्याहरू राख्दै समाधानका उपायबारे प्रशिक्षकहरूसँग अन्तरक्रिया गरेका थिए, जसले तालिमलाई थप प्रभावकारी बनाएको बताइएको छ ।
कार्यक्रमका क्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आफ्नो संस्थामा लागू गर्ने प्रतिबद्धता जनाएका थियो । सहभागीहरूले यस्ता क्षमता विकास कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै तालिमलाई निकै उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिनु भएको थियो ।


विभागका अनुसार यस प्रकारका तालिमहरूले सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै, सुशासन, पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा लिएको भिवभागकी शाखा अधिकृत माया लक्ष्मि बुढाले बताउनु भयो ।

सहकारी क्षेत्रको दिगो विकास तथा सदस्यहरूको हित संरक्षणका लागि यस्ता कार्यक्रमहरू अपरिहार्य रहेको उल्लेख गर्दै सहकारी विभागले आगामी दिनमा पनि यस्ता तालिमहरूलाई निरन्तरता प्रदान गर्ने जनाएको छ ।

तालिम समापनको अवसरमा सहकारी विभाग कोशी प्रदेशका रजिष्टार भुपेन्द्र खनाल, राष्ट्रिय सहकारी बैंक कोशी प्रदेशकी सविना श्रेष्ठ, तथा सहभागीका तर्फ बाट माधव आचार्य र रामपरी चौधरीले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन विभागका कर्मचारी पप्पु कुमार यादवले सञ्चालन गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend