logo
शुक्रबार, साउन २९ २०८३

पुरुष फुटवल तर्फको उपाधी वडा नम्बर २ ले चुम्यौ

महिला तर्फ वडा नम्वर ४ विजयी


  • उमानाथ भण्डारी
  • शनिबार, बैशाख १२ २०८३

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित वडा स्तरिय पुरुष तर्फको फुटवल खेलको उपाधी वडा नम्बर २ ले जितेको छ ।
आज सम्पन्न फाईनल खेलमा वडा नम्बर १ लाई ५ का विरुद्ध ६ गोल अन्तरले पछि पार्दै वडा नम्वर २ विजयी भएको हो ।
खेलको निर्धारित समयमा दुबै टिम १/१ गोलको बराबरी रहेकोले ट्राईबेकरमा वडा नम्बर २ विजयी भएको हो

त्यसैगरी महिला तर्फको फुटवल खेलमा वडा नम्वर २ लाई पाखा लगाउदै वडा नम्वर ४ विजयी भएको छ ।

त्यस्तै पुरुष तर्फका भलिवल खेलमा वडा नम्वर २ विजयी भएको छ भने वडा नम्बर ३ उपविजेता भएको छ । महिला तर्फको भलिवल खेलमा वडा नम्बर ४ बिजयी हुनुका साथै वडा नम्बर ३ उपविजेता बनेको छ ।

क्रिकेट प्रतियोगितामा वडा नम्बर ६ विजेता बन्न सफल भएको छ भने वडा नम्बर १ उपविजेता भएको छ । व्याडमिटनमा वडा नम्बर ४ विजयी भएको छ भने वडा नम्बर ६ उपविजेता भएको छ ।


गाउँपालिकाले पछिल्लो समय खेलकुदको माध्यम बाट युवालाई अगाडी बढाउने उद्येश्यले हरेक वर्ष खेलकुदमा खर्च गर्दै आएको छ । तर खर्च गरे अनुसार खेलकुखको क्षेत्रमा उपलब्धी हुन नसकेको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

त्यसैगरी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले सम्पुर्ण खेलका विजेता र उपविजेताका साथै प्रतियोगितामा सहभागी हुने सम्पुर्णलाइ शुभमामना दिनुभयो ।

अझै पनि कतिपय खेल बाएक अन्य खेलकुदका कार्यक्रम अगाडी बड्न सकेको छैन अर्को तर्फ खेलकुलमा र कार्यक्रम गदै आएको छ । बाट विजेता टिम र खेलाडीलाई
बुद्धीचाल तर्फ वडा नम्बर ४ का छितिज लावती प्रथम हुनुभएको छ भने बिक्रमजित लिम्बु द्वतिय हुनुभएको प्रतियोगिताका सह संयोजक छ ।

त्यस्तै १६ वर्ष मुनिका खेलमा कमल ६ का कौशल पराजुली प्रथम हुनुभएको छ । भने महिला तर्फ कमल ४ की आर्जु दाहाल प्रथम हुनुभएको छ । त्यस्तै भेटान तर्फ कमल ७ का युवनाथ अधिकारी प्रथम हुनुभएको आयोजकले जनाएको छ ।

सितारियो कराँते पुरुष तर्फ

सितारियो कराँते तर्फ ३५ केजी पुरुष तर्फ वडा नम्बर ७ का आयुश खतिवडा प्रथम तथा वडा नम्बर ५ का ख्यामराज खनाल द्वतिय हुनुभएको थियो ।
४० केजी पुरुषतर्फ वडा नम्बर ५ का अंगत चौधारी प्रथम तथा वडा नम्बर ७ का रिदम रसाईली द्वतिय,४५ केजी तर्फ वडा नम्बर ७ का युनिश माझी प्रथम र सुसन टुडु द्वतिय हुनुभएको आयोजक समितिका सदस्य रुस्तम राईले जानकारी दिनुभयो ।
आयोजबले जनाएको छ ।
५० केजी तर्फ वडा नं ७ का विराट लिम्बु प्रथम सिमन राई द्वतिय तथा ५० केजी भन्दा माथी वडा ७ का सौलिन धिमाल प्रथम र द्वतिय मौसम लिम्बु हुनुभएको छ । भने काता तर्फ वडा नम्बर ७ का मौसम लिम्बु प्रथम र सिमोन राई द्वतिय हुनुभएको छ ।
सितारियो कराँते तर्फको खेलमा उत्कृष्ट खेलाडी वडा नम्बर ५ का अंगत चौधरी हुनुभएको थियो ।

सितारियो कराँते महिला तर्फ
त्यस्तै महिला ३५ केजी तर्फ वडा नं ६ की सन्तोसी राई प्रथम र द्वतिय वडा नम्बर ७ की सलिना राई तथा ४० केजी तर्फ वडा नम्बर ३ की स्नेहा कुलुङ प्रथम द्वतिय वडा नम्बर ७ की प्रनिसा बस्नेत त्यस्तै ४५ केजी तर्फ वडा ७ की तृष्णा राई प्रथम र विनिता लिम्बु द्वतिय हुनुभएको छ ।

५० केजी तर्फ वडा नम्बर १ की साङमु गुरुङ प्रथम र वडा नम्बर ७ रोसीका राई द्वतिय र ५५ केजी तर्फ वडा नम्बर ७ की खुशी राई प्रथम र वडा नम्बर ५ की दिपा कार्की द्वतिय ,महिला काता तर्फ वडा नम्बर ३ की सिमरन फागो प्रथम र सिखा भण्डारी द्वतिय हुनुका साथै सितारियो कराँते महिला तर्फको खेलमा वडा नम्र ७ की तृसना राई उत्कृष्ट खेलाडी हुनुभएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend