logo
शुक्रबार, साउन २९ २०८३

सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन दमकमा हुने, ४५ वटा देशका शेफको सहभागिता


  • उमानाथ भण्डारी
  • शुक्रबार, बैशाख ४ २०८३

फायल तस्विर

झापा । नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ दमकमा आयोजना हुने भएको छ ।

आयोजकका अनुसार, प्रतियोगिता कोशी प्रदेशको दमक स्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा आगामी २०८२ साल जेठ १ र २ गते (मे २०२६ १५ र १६ ) दुई दिनसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, विभिन्न फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना गरिनेछ । प्रतियोगिताको मुख्य उद्देश्य देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै नेपाली कला, संस्कृति र ग्यास्ट्रोनोमीको जगेर्ना गर्नु रहेको आयोजक अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका केन्द्रिय महासचिव दीपक कार्कीले बताउनु भयो ।

प्रतियोगितामा देश तथा विदेशमा कार्यरत नेपाली शेफ, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककलामा रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटी मार्फत करिब ४५ वटा देश बाट शेफहरूको सहभागिता रहने भने कार्यक्रम स्थलमा ५० भन्दा बढी फुड स्टलहरू रहनेछन्, जहाँ विभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरू प्रदर्शन गरिने कार्कीले बताउनु भयो ।

                                                                                         फायल तस्विर

प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले नगद पुरस्कारको व्यवस्था गरेको छ । जसअनुसार प्रथम स्थान हासिल गर्ने प्रतियोगीले एक लाख रुपैया द्वितीयले ७५ हजार तथा तृतीयले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसका साथै, प्रतियोगितामा सहभागी इच्छुक प्रतिभाहरूका लागि जॉब प्लेसमेन्ट (रोजगार अवसर) को प्राप्त गर्ने छन् । जसले प्रतिभाशाली शेफहरूलाई भविष्यमा रोजगारीका अवसरसँग जोड्न मद्धत पुग्ने छ ।
आयोजकका अनुसार, यस कार्यक्रमले नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवद्र्धन, पाककला पर्यटनको विकास तथा नेपाली ग्यास्ट्रोनोमीलाई विश्वमञ्चमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

नेपाल सेफ सोसाइटीका महासचिव कार्कीले देशभर तथा विदेशमा रहेका इच्छुक सहभागीहरूलाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न आह्वान समेत गर्नु भएको छ ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend