शहिद धर्मभक्त परिक्षा केन्द्रमा परिक्षा सुरु हुनुभन्दा पहिले विध्यार्थिलाई निर्देशन दिनुहुदै केन्द्र प्रमुख : ममता बराल
झापा। देशैभर माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ २०८२ सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज बाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले लिने एसइइ परिक्षामा देशभरबाट ५ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बोर्ड द्वारा सार्वजनिक तथ्यांकअनुसार यस वर्ष कुल ५ लाख ९ हजार ९ सय ६१ परीक्षार्थीले परीक्षा दिँदैछन् ।
त्यसमध्ये नियमिततर्फ ४ लाख ४६ हजार ५ सय ७६ विद्यार्थी रहेका छन् भने ग्रेडवृद्धितर्फ ६३ हजार ४ सय ८५ विद्यार्थी सहभागी भएका छन ्। यो अघिल्लो वर्षहरूको तुलनामा ग्रेड बृद्धि गर्ने परीक्षार्थीको संख्यामा वृद्धी भएको परिक्षा बोर्डले जनाएको छ ।
यस वर्षको एसईई परीक्षा देशभरका १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत सञ्चालन भइरहेको छ । परीक्षा व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन सम्बन्धित निकायहरू लागिपरेको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनु भयो ।
परीक्षा व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटिने बोर्डले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन चारै वटा सुरक्षा निकाय सम्मिलित केन्द्रीय सुरक्षा समितिसँग र जिल्लामा परीक्षा समन्वय समितिमार्फत परीक्षा व्यवस्थित र सुरक्षित बनाउन लागिपरेको अधिकारीले जानकारी दिनुभयो ।
गत फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका कारण एसईई परीक्षा गतबर्षको भन्दा दुई साता पछि सारिएको हो ।

त्यसैगरी माध्यमिक शिक्षा परीक्षामा झापाबाट ‘एसइई’ २०८२ मा १७ हजार ६६३ जना विध्यार्थि सहभागी भएको झापाका समन्वय इकाई प्रमुख कुमार बस्नेतले जानकारी दिनुभयो । जसमा छात्रतर्फ ८ हजार ७३१ तथा छात्रतर्फ ८ हजार ९३२ परीक्षार्थी रहेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई झापाले दिएको जानकारी अनुसार सहभागी मध्ये नियमिततर्फ ७ हजार ७२३ छात्रा तथा ७ हजार ६७८ छात्र गरी १५ हजार ४०१ जना विध्यार्थी परिक्षामा सहभागी रहेका छन् ।
ग्रेडवृद्धितर्फ १ हजार २९१ छात्रा तथा १ हजार ५३ छात्र गरी २ हजार २६२ परीक्षार्थी सहभागी छन् । भने प्राविधिक धारतर्फ कुल ५ सय ७४ परीक्षार्थी सहभागी हुने छन् ।
झापाका १ सय ६३ सामुदायिक तथा २ सय ४५ संस्थागत गरी ४ सय ८ विद्यालयका विद्यार्थी एसईई परिक्षामा सहभागी रहेको समन्वय इकाई झापाले जानएको छ ।

झापाको अवस्था
झापामा एसईई परीक्षा सञ्चालनका लागि ५७ केन्द्र निर्धारण गरिएको छ । जसमा प्राविधिक धारतर्फका २ तथा संस्कृततर्फ का ४ केन्द्र र बाँकी साधारण तर्फ रहेको इकाई प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
परिक्षा ‘बोर्डको निर्देशन अनुसार परिक्षा सकिए पछि आज बाटै परिक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न सुरु गरिने ईकाई प्रमुख बस्नेतले बताउनु भयो ।