इलाम।कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले कोशी प्रदेशमा युवालाई लक्षित गरी उदय परियोजना संचालन गरिएको बताउनुभएको छ।
इलामको सूर्योदय नगरपालिका ३ बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहितको पार्कको उद्घाटन गर्दै बुधबार मुख्यमन्त्री कार्कीले नवप्रर्वतन कार्यक्रम मार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय परियोजना संचालन गर्न लागिएको बताउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले युवा लक्षित उदय परियोजना कार्यक्रम बिहिबार सुनसरीको इटहरीमा हुने कार्यक्रम मार्फत शुभारम्भ गरिने जानकारी दिनु भयो । उहाले उक्त कार्यक्रममा लागनी गर्नका लागि कोशी प्रदेशका बिभिन्न बैंकको छनौट गर्ने काम सम्पन्न भैसकेकाले साना , मझौला युवा उद्योगीले सहजै ३० लाख देखि तीन करोड सम्म सहुलियत ब्याजदरमा ऋण पाउने जानकारी दिनु भयो । कोशी प्रदेश सरकारले स्वीस सरकार संगको समन्वयमा आर्थिक बर्ष २०८२।८३ को बजेटमा आठ अर्व रकम बिनियोजन गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो‘युवालाई उद्योग संचालन गर्न सहयोग गरी ब्यवसायिक बनाउनका लागि प्रदेश सरकारले दुई बर्ष भित्रमा आठ करोड रुपियाँ लगानी गर्ने योजना बनाएको छ। यसले बेरोजगारी समस्या समेत समाधान गर्ने छ ।’
मुख्यमन्त्री कार्कीले हिमाली र पहाडी जिल्लामा सहुलियतमा १० लाख सम्म ऋण उपलब्ध गराईने छ । ३० देखि ४० प्रतिशत धितोमा उक्त ऋण प्रवाह गरिने कार्कीले जानकारी दिनु भयो ।
कोशी प्रदेश सरकारले गत बर्ष देखि युवालाई लक्षित गरी ब्याज अनुदान कार्यक्रम समेत संचालन गर्दै आएको मुख्यमन्त्री कार्कीले जानकारी दिनु भयो । प्रदेशले कृषि मन्त्रालय मार्फत छ करोड रुपियाँ रकम बिनियोजन गरी शुरु गरेको ब्याज अनुदान कार्यक्रममा १५० बढी परियोजना संचालनमा रहेका छन ।
उक्त ब्याज अनुदान कार्यक्रममा जम्मा लगानीको छ प्रतिशत रकम प्रदेश सरकारले ब्यर्होर्दै आएको मुख्यमन्त्री कार्कीले जानकारी दिनु भयो । मुख्यमन्त्री कार्कीले उक्त ब्याज अनुदान कार्यक्रमले पहाडी क्षेत्रमा बढ्दै गएको बसाँई सराईलाई रोक्न समेत सहयोग पुग्ने बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले बुद्धपार्क निर्माणले कोशी प्रदेशमा अर्को नयाँ पर्यटकीय गन्तब्य समेत थपिएको बताउदै आगामी दिनमा पार्कमा आवश्यक पर्ने थप संरचना निर्माण गर्न प्रदेश सरकारले जिम्मा लिने बताउनु भयो । उहाले बुद्धपार्कलाई कोशी प्रदेश सरकारले धार्मीक पर्यटकीय क्षेत्रको सूचीमा सूचीकरण गर्ने बताउनु भयो ।
उदघाटन गरिए संगै बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहितको बुद्धपार्क संचालनमा आएको छ । कोशी प्रदेश , संघीय सरकार र सूर्योदय नगरपालिकाको आठ करोड हाराहारी लगानीमा निर्माण भएको ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क निर्माण थालिएको ११ बर्षमा संचालनमा आएको हो ।
१७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क नेपाल , भारत लगायत तेस्रो देशका पर्यटकका लागि प्रमुख गन्तब्य भएको गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाले जानकारी दिनु भयो ।
पार्कको उद्घाटन गर्नु अघि बुर्ध धर्म गुरु खेन्छेन नाम्डोल छेरिङ रिम्पोछे सहितका धर्म गुरुबाट प्राण प्रतिष्ठान गरीएको थियो ।
नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट २ किलोमिटरको दूरीमा रहेको बौद्धधाममा अहिले भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालले उक्त पार्क संचालनमा आएपछि सूर्योदय नगरपालिका भित्र अर्को पर्यटकीय गन्तब्य थपिएको बताउदै स्थानीय पर्यटन प्रवर्धन संगै आर्थिक आयआर्जन समेत बढने बताउनु भयो । उक्त पार्क संगै स्थानीय पर्यटन ब्यवसायीले समेत अन्य पर्यटकीय संरचना निर्माण गरिएको छ।