logo
शुक्रबार, साउन २९ २०८३

नमुना युवा संसद अभ्यास तालिम सम्पन्न


  • कुइनेटो न्युज
  • शनिबार, चैत्र १४ २०८२

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित नमुना युवा संसद अभ्यास तालिम आज सम्पन्न भएको छ ।

कमल गाउँपालिकाको आयोजना तथा कुइनेटो मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा गत बुधवार देखी सञ्चालित नमुना संसद अभ्यास तथा कार्यशाला कार्यकम सम्पन्न भएको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वकृत कार्यक्रम अन्तरगत सन्चालित कार्यक्रम बाट युवालाई युवाको नेतृत्व तथा क्षमता विकासमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको तालिम बाट युवाको सीप विकास तथा व्यक्तित्व विकासमा सहयोग पुग्नुका साथै नेपालको शासनप्रणाली र यसको विकास प्रक्रियाका बारेमा युवालाई सुसूचित गराईएको थियो ।

त्यसैगरी युवामैत्री राष्टिय नीति, योजना र कार्यक्रम निर्माणकालागि राज्यलाई सुझावदिई सकारात्मक वातावरण निर्माण गर्ने तथा युवालाई विषयगत दक्षता हासिल गरी सो क्षेत्रको नेतृत्व र पैरवी गर्न सक्षम बनाउनुका साथै ,स्थानीय तहलाई युवामैत्री बनाउने ,युवालाई अधिकार र कर्तव्य प्रति सजग गराउदै राष्टनिर्माणमा उत्प्रेरित गर्ने र युथभिजन २०२५ का परिलक्षित योजना र कार्यक्रमलाई साकार बनाउदै,दिगो विकासका लक्ष्यहरुलाई स्थानीय करण र कार्यान्वयनमा युवाहरुलाई सहभागी गराउने उदेश्यका साथ तालिम आयोजना गरिएको कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताउनु भयो ।

गाउँ पालिकाका सात वटै वडा बाट छनौट भएर आएका युवा तथा वालक्लवका पदाधिकारी लगायत ३० जना भन्दा बढि युवाको सहभागीता रहेको थियो ।
कार्यक्रमका सहभागीलाई राष्ट्रिय युवा परिषदका प्रशिक्षक योगेन्द्र पौडेल र हर्क वि.क.ले सहजिकरण गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend