कमल । झापा जिल्लाको कमल गाउँपालिका–२, समयगढमा रहेको महेन्द्र रत्न माध्यमिक विद्यालय स्थानीय क्षेत्रको शैक्षिक इतिहाससँग जोडिएको पुरानो र प्रतिष्ठित विद्यालय हो ।
२०२४ सालमा एक स्थानीय व्यक्तिको गोठबाट सुरु भएको यो विद्यालय आज आधुनिक भवन, प्रविधिमैत्री कक्षाकोठा र विविध शैक्षिक गतिविधिसहित गुणस्तरीय शिक्षातर्फ अघि बढिरहेको छ ।
विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राख्दै शिक्षा, खेलकुद, अतिरिक्त क्रियाकलाप तथा प्रविधिमैत्री शिक्षण प्रणालीमार्फत विद्यालयले उल्लेखनीय प्रगति हाँसिल गरेको छ।विद्यालय ब्यावस्थापन समिति स्थानीय समुदाय, अभिभावक र शिक्षकको संयुक्त प्रयासमा अघि बढिरहेको यस विद्यालयको वर्तमान अवस्था र गुणस्तरीय शिक्षाका बारेमा तयार पारीएको रिपोर्ट ।
महेन्द्र रत्न माध्यमिक विद्यालय कमल गाउँपालिकाकै जेठो विध्यालय हो । २०२४ सालमा स्थापना भएको विध्यालय सूरुमा स्थानिय दिननाथ घिमिरेको गोठ बाट पठनपाठन सुरु गरिको थियो ।
तत्कालीन झापा जिल्लाको तोपगाछी गाउँ पञ्चायत हाल कमल गाउँपालिका २ समयगढमा २०२४ सालमा स्थापना भएको महेन्द्र रत्न माध्यमिक विद्यालयले स्थानीय क्षेत्रको शैक्षिक गतिविधीमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
२०२४ सालमा व्याक्तिको गोठ बाट सुरु भएको विध्यालय अहिले आधुनिक र सुविधा सम्मपन्न भवन र कक्षा कोठामा नियमित पठन पाठन हुदैछ ।
विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न गतिविधी सञ्चालन गर्दै आएको छ । जसका कारण यो विध्यालय विध्यार्थी र अभिभावकको रोजाई पर्न थालेको छ ।
विद्यार्थीका लागि गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास हुँदै आएको यस विद्यालयमा पुर्व प्राथमिक देखी कक्षा १२ सम्म अध्यायन हुन्छ । विध्यालयमा हाल ४ सय ५४ जना विध्यार्थी अध्यायनरत छन् । विध्यालयले विध्यार्थिको पढाईका साथ साथै शारिरिक तथा मानशिक विकासको लागि हरेक दिन विहान प्रार्थना लाइनमा विभिन्न अध्यास समेत गराउन थालेको छ ।

रमणिय बातावरणमा गुणस्तरी शिक्षा भन्ने मुल नाराको साथ विध्यालयले कक्षा कोठाका साथै बाहिरी वातावरणलाई समेत वातावरण मैत्री बनाएको छ । विध्यालयको प्राङ्गणमा रहेको सुन्दर फुलवारी तथा गार्डेनिंगले विद्यालयलाई सुन्दर तथा रमणिय बनाएको छ । अभिभावक, विध्यार्थी र शिक्षकको संयुक्त प्रयासमा यस्तो सुन्दर बगैचा निर्माण गरिएको हो ।

विद्यालय ब्यावस्थापन समितिको अगुवाइमा वडा अध्यक्ष लगायत अभिभावक, शिक्षक, विद्यार्थी मिलेर विद्यालयमा श्रम दान मार्फत विद्यालयको भौतिक तथा बातवरणिय पक्षमा उल्लेखनिय प्रगती भएको छ ।
विद्यालयको भौतिक तथा बातवरणिय यस्तो सुन्दर बनाउनमा विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति, अभिभावक संघका सदस्य सबैले आ आफ्नो जन्मदिनमा विद्यालयलाई एक विरुवा उपहार दिने अभ्यासले विध्यालयको वातवरण सुन्दर बनाउनमा धेरै ठुलो सहयोग पुगेको छ ।
विद्यलयलाई हरियाली र आर्थिक रुपले निर्भर बनाउने उदेश्य सहित सुरु गरिएको विरुवा उपहार कार्यक्रमम अन्तरगत यस आर्थिक वर्षको अन्त्य सम्ममा विद्यालयमा परिषरमा ५ हजार सुपारी रोप्ने अभियान संचालन गरिएकोमा अहिले सम्म १ उक हजार ५ सय का विरवा सुपारी रोपिसकेको कुरा विध्यालय ब्यावस्थापन समितिका अध्यक्ष पवन राई बताउनु हुन्छ ।
विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दक्ष शिक्षकको व्यवस्थापन, विद्यार्थी केन्द्रित शिक्षण सिकाई, अंग्रेजी माध्यमबाट पठन पाठन, प्रविधि मैत्रि शिक्षण सिकाई, र विभिन्न अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइँदै आएको छ । यसकालागी विद्यालयमा कार्यरत प्रत्येक शिक्षक लाई ल्यापटपको ब्यावस्था, प्रत्येक कक्षा कोठामा इन्टयाक्टिभ वोर्ड तथा प्रोजेक्टरको ब्यावस्था, कम्पुटर कक्षाको ब्यावस्था गरिएकोले विध्यार्थीको शैक्षिक गुणस्तरमा धेरै परिवर्तन आएको छ ।
त्यस्तै नियमित अभिभावक भेला तथा अन्तरक्रिया, विद्यार्थिीहरुको मुल्यांकन प्रणालिको लागि हरेक शनिवार साप्ताहिक परिक्षा, नियमित ब्यावस्थापन समिति तथा शिक्षकको संयुक्त बैठक, एसिई लक्षित आवसिय पठनपाठनको ब्यावस्था, अतिरिक्त शिक्षण कक्षाको ब्यावस्थाले गर्दा विद्यालयले गत बर्षको एसिई मा ९७. प्रतिशत रिजल्ट ल्याउन सफल भएको छ ।
आर्थिक वर्ष २०८१ ÷ ०८२ मा कमल गाउपालिका भित्र सन्चालनमा रहेका सामुदयिक विद्यालय तर्फ विद्यालय ब्यावस्थापन समितिहरु मध्ये महेन्द्र रत्न माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पवन राईलाई उत्कृष्ट ब्यावस्थापनको सम्मान गरिएको थियो ।
विद्यालयले हरेक वर्ष विभिन्न कार्यक्रम गरेर वार्षिक उत्सव मनाउने गरेको छ । यस वर्ष पनि विध्यालयले विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाएको छ ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन राईको अध्यक्षता भएको वार्षिक उत्सवको उद्धाटन गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई गर्नु भएको थियो ।
सोही अवसरमा विध्यालयको नवनिर्मित मुल प्रवेश द्वारा, वाँस्केट वल कोर्ट र कमल गाउँपालिका १ का वडा अध्यक्ष केदार कटुवालका स्वां पिता कीर्तिबहादुर कट्वालको स्मृतिमा स्थापना गरिएको कीर्ति पुस्तकालय को समेत अध्यक्ष राईले समुद्घाटन गर्नु भएको थियो ।
समुदायको माग र चाहाना अनुसार विध्यालयमा प्रविधी मैत्री शिक्षण सिकाई हुनुका साथै शिक्षकहरुको लगनशिलता, विध्यालय व्यवस्थापन समितीको सक्रियताका कारण यस विध्यालयले पछिल्लो समय धेरै प्रगति गर्न सफल भएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो ।
हेल्भिटासको आर्थिक सहयोगमाविध्यालयमाक्यारियर ल्यावको स्थापना गरिएको छ । जसका कारण विध्यार्थिले आफु विध्यालयमा अध्यायनरत रहँदै आफुले चाहेको विषयमा जान्न र बुझ्न पाउने छन् जसका कारण विध्यालयको अध्यायन पुरा गरेपछि सोहि विषयमा थप अध्यायनका लागी सहजहुने शिक्षक विष्णु प्रकाश निरौला बताउनुहुन्छ ।
विध्यालयले भौतिक सुधारका साथै विध्यार्थीको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनिय प्रगती गरेको छ । हिजो चक र डस्टर प्रयोग हुने कक्षा कोठामा आज स्मार्ट वोर्डको माध्यम बाट अध्यापन हुने गरेको छ । यसले विध्यार्थीको सिकाई उपलब्धि र शिक्षकको शिक्षण उपलब्धिमा विध्यालयले फड्को मारेको छ ।
विध्यालयले विध्यार्थीलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान र सिप समेत प्रदान गर्दै आएको छ । जसका कारण विध्यार्थीलाई शिक्षण सिकाईमा धेरै सहज भएको छ । विध्यालयमा पहिलेको भन्दा अहिले हरेक कुरामा राम्रो छ । विध्यालयमा शिक्षण सिकाई प्रभावकारी हुनुका साथै शिक्षकहरूले विध्यार्थीहरु प्रति गर्ने व्यवहार समेत अत्यन्तै राम्रो छ । विध्यालयले सन्चालन गर्ने विभिन्न कार्यक्रमहरूमा पनि सहभागी हुने अवसर पाइन्छ यस्ता अतिरिक्त कार्यक्रममा सहभागी हुँदा हामीलाई सहयोग पुगेको कक्षा १२ की छात्रा सोनिया श्रेष्ठ बताउनुहुन्छ ।
अभिभावकको ध्यान एसईईको नतिजा तर्फ हुने भएको विध्यालयले समेत यसलाई लक्षित गर्दै कक्षा १० मा अध्यायनरत विध्यार्थिकालागी छात्रावास (होस्टल) को व्यवस्था गरेको छ । एसईई परिक्षा नजिकिदै गर्दा विध्यालयले छात्रावासको समेत व्यास्थापन गरेको े शिक्षक टिकादत्त गौतम बताउनुहुन्छ ।
विध्यालयले शिक्षण सिकाइका साथै खेलकुद, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा समेत विद्यार्थीलाई सहभागी गराउँदै विध्यार्थीको समग्र विकासमा जोड दिइएको विद्यालयले जनाएको छ ।
विध्यालयको भौतिक तथा शैक्षिक सुधारकालागी हामी लागी परेका छौ । विध्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर नियमित रुपमा शिक्षक स्टापको बैठक बस्ने, साप्ताहित रुपमा अतिरिक्त कृयाकलाप सन्चालन गर्ने अभिभावक संग नियमित सम्पर्क गर्ने गरेको प्रधानाध्यापक बालकृष्ण संग्रौला बताउनुहुन्छ ।

विध्यालयमा अध्यायनरत विध्यार्थीको शिक्षण सिकाईलाई उपलब्धी मुलक बनाउन हामी लागि परेका र्छौ । हामीले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक र जीवन उपयोगी शिक्षा दिन प्रयास गरिरहेका छौँ। त्यसैगरी विध्यालयको भौतिक पुर्वाधारका साथै शैक्षिक सुधारमामा समेत उल्लेखनिय काम गरेका छौ ं । भने विध्यालयको समग्र प्रगतिकालागी स्थानिय सरकार, अभिभावक र स्थानीय समुदायको सहयोगले विद्यालयलाई अझ उत्कृष्ट बनाउने तर्फ हामी दिनरात प्रयासरत रहेको विध्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन राई बताउनुहुन्छ ।
कक्षा सञ्चालन भएका समयमा अनावश्यक व्याक्ति विध्यालय भित्र प्रवेश गर्ने र पठन पाठनमा अवरोध गर्ने भएकोले त्यसलाई नियन्त्रण गर्नकालागी मुख्य प्रवेस द्घारमा वाडा कार्यलयको सहयोगमा प्राप्त संचार सेट सहित रहेका कर्मचारीले विध्यालय प्रशासनको अनुमतिमा मात्र विध्यालय मित्र प्रवेश गराउने गरेकोले पनि विध्यालयको शैक्षिक वातावरण राम्रो भएको अभिभाव बताउछन् ।
स्थानीय व्यक्तिको गोठबाट सुरु भएको महेन्द्र रत्न माध्यमिक विद्यालय आज आधुनिक संरचना, प्रविधिमैत्री शिक्षण प्रणाली र विविध शैक्षिक गतिविधिसहित गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ ।
शिक्षकको लगनशीलता, विद्यालय व्यवस्थापन समितिको सक्रियता, स्थानिय सरकारको सहयोग र अभिभावक तथा समुदायको सहयोगका कारण विद्यालयले शैक्षिक तथा भौतिक दुवै क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको छ ।