कमल , शुक्रवार १२ बजे कमल गाउँपालिका ३ स्थित वन्डरल्यान्ड वोडिङ्ग स्कुल पुग्दा निर्वाचन हुँदैथियो ।
झट्ट हेर्दा सामान्य चुनाव नभएर स्थानिय तह सदस्य निर्वाचानको झझल्को दिलाउने खालको चुनाव भैरहेको थियो । तर यो कुनै राज्यसञ्चालनको लागी दलको चुनाव नभएर विध्यालयमा कक्षा ५ देखी १० सम्म अध्यायनरत विध्यार्थिले आफ्नो विध्यालयको स्कुल क्याप्टेन र सहायक स्कुल क्याप्टेन का साथै कक्षाको मनिटर र सहायक कक्षा मनिटर को चुनाव हुदै थियो ।
निर्वाचन हुनु पहिले उमेद्वार विध्यार्थिले आफ्नो उमेद्वारी प्रक्रिया पुरा गरेका थिए त्यस पछि स्कुल क्याप्टेन र सहायक स्कुल क्याप्टेनले सबै कक्षा कोठामा पुगेर आफुलाई मतदान गरेर जिताउन भन्दै भाषण गरेका थिए भने कक्षा मनिटरले आ आफ्नो कक्षामा मत मागेका थिए ।
विध्यालयमा अध्यायनरत विध्यार्थिलाई चुनावी प्रक्रिया कसरी हुन्छ, उमेद्वार कसरी छनौट गरिन्छ , मतदानको प्रक्रिया कस्तो हुन्छ भनेर व्यवहारीक रुपमा विध्यार्थिलाई बुझाउनकालागी यो चुनाव गरिएको वन्डरल्यान्ड वोडिङ्ग स्कुल प्रिन्सीपल लक्ष्मिकान्त कोईरालाले बताउनु भयो
चर्को घामको कुनै पर्वाह नगरी लाईवद्ध रुपमा विध्यार्थि चुनावी कार्यक्रममा सहभागी भएको देखिन्थ्यो । कानुनी रुपमा आफुले मतदान गर्न नपाएका विध्यार्थिले आफ्नै विध्यालयको क्याप्टेन, सहाय क्याप्टेन तथा कक्षा मनिटर र सहायक मनिटर छनौट गरेर भएपनि चुनावको अनुभव गरिरहेका थिए ।
निर्वाचन आयुक्तको जिम्वेवारी पुरा गरिरहँदा आफुलाई निकै रमाई लागेको छ । निर्वाचन आयुक्तको ठुलो जिम्वेवारी हुँदो रहेछ भन्ने पनि मैले महसुश गरेकी छु । आफ्नो अविभावकले कसरी मतदान गर्नुहुदो रहेछ भन्ने आज यो चुनावमा भागलिने विध्यार्थिले समेत अनुभव गर्नु भएको छ भने अहिले देखी नै यस्ता कार्यक्रममा सहभागी हुनेहोभने भोलीको दिनमा मत खेर नजाने कक्षा १० मा अध्यायन छात्रा तथा निर्वाचन आयुक्त कृती गौतम बताउनुहुन्छ ।
निर्वाचन कार्यक्रममा सहभागी ३ सय ७९ जना विध्यार्थि मध्ये स्कुल क्यापटेन ३ जना, सहायक स्कुल क्याप्टेनमा ३ जना बिच प्रतिष्पर्धा हुदैछ छ ।
कक्षा ९ मा मनिटर र सहयाक मनिटर निर्विरोध निर्वाचित भईसकेका छन् भने कक्षा ५ ए र कक्षा ६ ए मा मनिटर निर्विरोध निर्वाचित भै सकेको निर्वाचन आयुक्त कृति गौतमले जानकारी दिनुभयो ।