logo
शुक्रबार, साउन २९ २०८३

कमलमा गर्भवती महिलालाई नगद प्रदान


  • कुइनेटो न्युज
  • बिहिबार, चैत्र ५ २०८२

कमल / झापाको कमल गाउँ पालिकामा प्रेेटाेेकल पुरा गरेका गर्भवती महिलालाई नगर प्रदान गरिएको छ ।

गाउँपालिकाकाे वडा नम्बर १ मा   रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र,  बाँसबारी बाट सुरक्षित मातृत्व तथा नवजात शिशु कार्यक्रम अन्तर्गत प्रोटोकल अनुसार   नियमित ८ पटक गर्भ परीक्षण (ANC) पूरा गरेका ९ जना गर्भवती महिलाहरूलाई  जनही  २ हजारका दरले प्रोत्साहन स्वरूप नगद वितरण गरिएको  हाे ।

महिलालाई   १ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष  केदार कटुवालले गर्भवती महिलाहरूलाई  रकम हस्तान्तरण गर्नुभएको हो।

सो अवसरमा वडा अध्यक्ष कटुवालले सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नियमित स्वास्थ्य परीक्षणको महत्त्वमा जोड दिनुहुँदै यस्ता प्रोत्साहन कार्यक्रमहरूले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीले गर्भवती महिलाहरूलाई समयमै स्वास्थ्य परीक्षण गराउन, सन्तुलित पोषणमा ध्यान दिन तथा स्वास्थ्यकर्मीहरूको सल्लाहअनुसार अघि बढ्न आग्रह गर्नुभयो। यसबाट मातृ मृत्यु दर तथा नवजात शिशु मृत्यु दर न्यूनीकरणमा उल्लेखनीय सहयोग पुग्ने  निरिक्षक पराजुलीले उल्लेख गर्नुभयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend