logo
मंगलबार, कार्तिक ११ २०८३

सुबेदी समाज द्वारा  दाेषी माथि  कार्वाहीकाे माग गर्दै  विज्ञप्ति जारी 


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन २७ २०८२

झापा /  सुवेदी कल्याण प्रतिष्ठान नेपाल (सुकल्प) का केन्द्रीय सल्लाहकार साथै गौरादह नगरपालिकाका  नगर प्रमुख छत्रपति सुवेदीमाथि  भएको कुटपिट र गालिगलाैजका विषयलाई लिएर सुवेदी कल्याण प्रतिष्ठान जिल्ला समिति झापा अत्यन्त दुःखी र मर्माहत भएको भन्दै  प्रेेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

गत  फागुन २४ गते साँझ झापाको गौरादह ५ राजापति चोक चान्दु बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरी मेयर सुवेदीको घरमै गएर  अनावश्यक विवाद गर्दै अशिष्ट ढङ्गले गालीगलौज र हातपात समेत गरेको अराजक  अत्यन्त निन्दनीय कार्यप्रति प्रतिष्ठान खेद प्रकट गर्दै घोर भर्त्सना गर्दछ  विज्ञप्तिमा भनिएको छ ।

सुबेदी समाज द्वारा  दाेषी माथि   कार्वाही काे माग गर्दै  विज्ञप्ति जारी

घरैमा गएर अनावश्यक विवाद र गालीगलौज तथा कुटपिट गरिएको अन्यायपूर्ण अराजक घटना प्रति खेद प्रकट गर्दै प्रतिष्ठानमा आबद्ध हामी सबै यस प्रकारको हिंसात्मक व्यवहारप्रति दाेषी माथि  हदैसम्मको कारबाहीको माग गरेकाेछ ।

समाजमा कसैप्रति पनि यस्तो हिंसात्मक दुःखद र निन्दनीय व्यवहार हुन नदिइयोस् र समाजमा शान्ति, सुव्यवस्था, सहिष्णुता र पारस्परिक सद्भाव कायम राख्न प्रशासन र समाजका सबै नागरिकप्रति हार्दिक आह्वान गर्दै हिंसात्मक र निन्दनीय कार्य गर्ने दोषीउपर उचित सजाय दिई अराजक गतिविधिलाई दुरुत्साहित गर्न जोडदार माग गर्दछौं । प्रतिष्ठान, नगरप्रमुख छत्रपति सुवेदीज्यूको स्वस्थताको कामना गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायसँग सशक्त माग गर्दछ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend