logo
शुक्रबार, साउन २९ २०८३

रास्वपा सहित विभिन्न पार्टीबाट ३ सय ५० भन्दा बढि एमाले प्रवेश


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन १३ २०८२

दमक/ निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर बढेको छ ।

यसै क्रममा झापाको क्षेत्र नं. ५ स्थित दमक ४ बाट ३ सय ५० जना भन्दा बढि एमालेमा प्रवेशमा प्रवेश गरेका छन् । बुधबार धरधरे टोलमा आयोजीत कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सहित विभिन्न दल परित्याग गरि उनीहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नु भएको हो ।

विगतमा समेत नेकपा एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यो क्षेत्रको विकास भएको र आगामी दिनमा पनि उहाँ बाहेक अरुले विकासको अगुवाई गर्ने नसक्ने ठहर गरि एमालेमा प्रवेश गरेको उनीहरुले बताए ।
यस अघि समेत रास्वपाका क्षेत्रीय नेताहरु सहित विभिन्न व्यक्ति एमालेमा प्रवेश गरि सकेका छन् । आगामी फागुन २१ को प्रतिनिधी सभा निर्वाचनका लागि यस क्षेत्रबाट एमाले अध्यक्ष ओली उम्मेद्वार रहनु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend