logo
शुक्रबार, साउन २९ २०८३

कमलमा कुष्ठरोग अभिमुखिकरण तथा वार्षिक समीक्षा


  • कुइनेटो न्युज
  • मंगलबार, फाल्गुन १२ २०८२

 कमल । झापाको कमल गाउँपालिकामा कुष्ठरोग अभिमुखिकरण तथा वार्षिक समीक्षा कार्यक्रम सपन्न भएको छ ।

कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा नेपाल कुष्ठरोग संगती (नेपाल लेप्रोसी फेडेरेसन) को सहकार्यमा गाउँपालिकाको सभाहलमा अभिमुखिकरण तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकामा आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन भएका प्रमुख गतिविधिहरूको समीक्षा गर्दै, बालबालिकामा कुष्ठरोग संक्रमण रोकथाम, समुदायमा जनचेतना अभिवृद्धि, सक्रिय बिरामी खोजी, पूर्ण उपचार व्यवस्थापन तथा कुष्ठरोग सम्बन्धी विभेद न्यूनीकरणका विषयमा अन्तरकृया भएको थियो ।

कार्यक्रमको गतिविधीका विषयमा स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य निरीक्षक दिपक प्रसाद दहालले गर्नुभएको थियो ।

अध्यक्ष राईले समीक्षा कार्यक्रममा भएका गतिविधिको प्रशंसा गर्दै, आगामी दिनमा नेपाल लेप्रोसि फेडेरेसन, कमल गाउँपालिका अपाङ्गता समिति र स्वास्थ्यकर्मीहरू मिलेर कुष्ठरोग नियन्त्रणमा अझ परिणाममुखी तथा संयमित काम गर्नुपर्नेमा जोड दिनुभयो
गाउँपालिकालाई कुष्ठरोग मुक्त गाउँपालिका बनाउनकालागी हामि लागी परेका र्छौ । यसकालागी सबै सरोकारवालाहरूको साथ सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

गत वर्ष २१ वटा सामुदायिक विद्यालयमा अभिमुखिकरण तथा स्वैच्छिक परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो, जसबाट ६ हजार ३२ जना विद्यार्थी (छात्र २,६५७ र छात्रा ३,३७५) लाभान्वित भएका थिए । साथै, ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । समुदाय तथा सरोकारवालालाई लक्षित गरी १६ स्थानमा अभिमुखिकरण कार्यक्रम, १५ क्लष्टरमा सक्रिय बिरामी खोजी कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शिक्षा सामग्री प्रचारप्रसार, होर्डिङ बोर्ड स्थापना, पर्चा वितरण, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि तालिम, जटिल बिरामीहरूको प्रेषण सेवा निःशुल्क ,CR. जुत्ता वितरण, स्वयं हेरचाह तालिम तथा नियमित फलोअप भ्रमण लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । कमल गाउँपालिका र स्थानीय सरकारको सहकार्यमा पुनस्र्थापना कार्यक्रम अन्तर्गत घर निर्माण÷मर्मत, बाख्रा तथा सुँगुर पालन र आयआर्जन सहयोगका कार्यहरू समेत सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८२÷०८३ मा बाँकी रहेका विद्यालयहरूमा कार्यक्रम विस्तार गर्ने प्रतिबद्धतासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend