logo
शुक्रबार, साउन २९ २०८३

कांग्रेस उम्मेदवार मन्धराको जित सहजता तर्फ उन्मुख


  • कुइनेटो न्युज
  • शनिबार, फाल्गुन ९ २०८२

झापा / झापाको क्षेत्र नं ५ मा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले आफ्नो जित सहजतातर्फ उन्मुख भएको बताउनु भएको छ ।
पछिल्लो समय आफ्ना प्रतिस्पर्धी दलका उम्मेदवारहरु एकापसमा हिलो छ्यापाछापमा उत्रिएसँगै कांग्रेस उम्मेदवार चिमरियाले आफ्नो जित सहज बन्दै गएको बताउनु भएको  हाे  ।
चुनावी प्रचार प्रसारका क्रममा आज झापाको दमक ९ स्थित बरगाछीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँगको कुराकानीमा उम्मेदवार चिमरियाले झापा ५ का मतदाताहरुमाझ प्रतिशोध र प्रतिरोधको लागि उत्रिएका उम्मेदवारहरुको बिकल्पका रुपमा आफ्नो उम्मेदवारीले सहज बनाइदिएको तर्क गर्नु भयाे । वहाँले भन्नुभयो  आज देशैभर कांग्रेसप्रतिको आकर्षण र एमाले, रास्वपा लगायतका पार्टीहरुबीचको असामाजिक, अमर्यादीत क्रियाकलापहरुले पनि कांग्रेसलाई भरपर्दो बिकल्पका रुपमा दर्शाएको छ । यहाँ कुनै राजनीतिक अभ्यास बिनानै एकैचोटी प्रधानमन्त्रीको सपना देखेर आएका उम्मेदवार र बारबार प्रधानमन्त्री बन्ने सपना साँचेर आएका उम्मेदवार छन, उहाँहरुको उद्धेश्य र लक्ष्य सत्ता , प्रतिशोध मात्रै देखिन्छ जनताको सेवालाई अलिकति पनि महत्व दिनु भइरहेको छैन । मैंले यही क्षेत्रमा रहेर सामाजिक सेवामा दिएको परिचयनै मेरो जितको आधार हो, वहाँ  भन्नुभयो ।
कांग्रेस उम्मेदवारसँगै गौरादहको डिपु चोकमा आज आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै कांग्रेस महासमिति सदस्य रोहितकुमार साहले राजनीतिक आस्था र विचारसँगै सेवाको भावनाले ओतप्रोत महिला नेतृ मन्धरा जितको नजिक पुगिसकेको उदघोष गरे । पार्टीका अर्का महासमिति सदस्य मेदनीप्रसाद सिटौलाले राजनीतिको अन्तीम लक्ष्य भनेकै मानवीय सेवा, जनसेवा भएको चर्चा गर्दै सेवालाई आफ्नो जिवनको लक्ष्य बनाएर अघि बढेकी महिला उम्मेदवार मन्धरानै यो क्षेत्रका लागि एक मात्र साझा उम्मेदवार भएकाले जित सुनिश्चित रहेको दाबी गर्नु भयाे  ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend