logo
शुक्रबार, साउन २९ २०८३

गौरीगंजमा एमालेको सिटी र्याली


  • कुइनेटो न्युज
  • बिहिबार, फाल्गुन ७ २०८२

गौरीगंज ÷ आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले विहिवार (आज) झापाको गौरीगंज गाउँपालिकामा सिटी र्याली गरेको छ ।

क्षेत्र नं. ५ अन्तर्गत गौरीगंज गाउँपालिकाका ३,४,५ र ६ नम्बर वडाका गाउँ, टोल र बजार एमालेको सिटी र्याली गरेको हो ।

वडा नम्बर ३ गौरीगंज स्थित निर्वाचन प्रचार प्रसार कार्यलय बाट सुरु गरिएको र्याली ठेकीटोला, खजुरगाछी चिलहरा लगायतका मुख्य बजार हुदै गाउँ र टोलटोलमा र्यालीको आयोजना गरिएको गौरीगंज गाउँपालिकाका निर्वाचन परिचालन कमिटीका संयोजक सर्वतलाल राजवंशीले बताउनु भयो ।

र्याली सुरुगर्नु भन्दा पहिले आयोजित कोणसभामा एमाले केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्रका परिचालन समिति संयोजक देवेन्द्र दाहालले नेकपा एमालेलाई निर्णय शक्तिमा पुर्याउदा मात्र देशमा विकास हुने भएकोले आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनमा एमालेलाई बहुमतले निर्वाचित गराउनु पर्ने बताउनु भयो ।

यस पटक को यो क्षेत्रको मात्र नभई समग्र देशलाईनै विकासको नेतृत्व दिने पार्टी नेकपा एमाले मात्र भएको बताउनुभयो । उहाँले आगामी निर्वाचनले राष्ट्रवादी कित्ता र राष्ट्रविरोधी कित्ताको टुंगो लगाउने भन्दै राष्ट्रवादी कित्ताको नेतृत्व एमालेले गरि रहेको धारणा राख्नुभयो ।
युवाहरुलाई भ्रममा पारेर केहि तत्वले देश र जनताका विचमा दुष्प्रचार गरि रहेको भन्दै दाहालले दुष्प्रचार र कुप्रसारका विरुद्ध जनता जागिसकेको तर्क समेत गर्नुभयो ।

झापा क्षेत्र नंं ५ मा नेकपा एमालेका पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उम्मेद्वार रहनु भएको छ । यस क्षेत्रमा एमालेले प्रत्येक वडा र टोल स्तर सम्म निर्वाचन परिचालन, प्रचार प्रसार लगायतका समितिहरु बनाई मतदातासँगको भेटघाट तिब्र बनाएको छ ।

र्यालीमा महिला, युवा, विद्यार्थी, किसान, मजदुर, बुद्धिजिवी लगायतका अलग अलग क्लष्टर समेत निर्वाचन परिचालनमा खटिएको पार्टीका केन्द्रिय सदस्य रोमनाथ ओलीले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend