झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा निर्वाचितलाई बधाई दिदै नेपालमा पनि त्यस्तै परिणाम आउने प्रतिक्रिया दिए ।
भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुने बताएका हुन् ।
अध्यक्ष ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ को चुनावी अभियानमा सहभागी हुन गृह जिल्ला आएका हुन ।
अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भने ‘चुनाव हुने भयो भने भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि ।’
निर्वाचन क्षेत्रका अधिकाँस मतदातासँग प्रत्यक्ष भेट्न टोलटोल पुग्ने उनको भनाई थियो ।