logo
शुक्रबार, साउन २९ २०८३

  लोआजमकाे भेलाले  निर्वाचन परिचालन कमिटी  गठन


  • कुइनेटो न्युज
  • शुक्रबार, फाल्गुन १ २०८२

कमल ।  कमल गाउँ पालिका  स्तरीय   लोकतान्त्रिक आदिवासी जनजाति महासंघकाे भेलाले  निर्वाचन परिचालन सहयाेय कमिटी  गठन गरेको छ ।

कमल ४ स्थित सिद्धार्थ सामुदायिक भवनको सभाहलमा सम्पन्न  भेलाले  नवीन राईकाे  संयाजकत्वमा १९ सदस्य  परिचालन सहयाेय कमिटी  गठन गरेको हाे  ।

अघिल्लो पटककाे भन्दा याेपटक काे  निर्वाचन   अलि फरक छ ।  यस पटककाे निर्वाचनमा पार्टी अध्यक्ष  के पी अेालीलाई तपाईं हरूले जिताउनै पर्छ । अहिलेकाे निर्वाचन भनेको  देश बनाउने र देश जलाउने बिचकाे भएकोले पनि अत्यन्तै महत्त्वपूर्ण छ ।

तपाईं जत्तिकाे कार्यकर्ता भएको  निर्वाचन क्षेत्रबाट  अेालिलाई  जिताउनकै लागि म आफ्नो निर्वाचन क्षेत्र छाेडेर यहाँ आएकाे   लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष पासाङ  सेर्पाले भन्नु भयाे ।
अहिले संविधान संशोधन गर्ने परिस्थिति छैन । संघीय लोकतान्त्रिक गणतन्त्र आदिवासी  जनजातिका लागि प्राण हो । यो व्यवस्था बचाउनुपर्छ । आदिवासी जनजातिका थुप्रै हकअधिकार संविधानमा संस्थागत भएका छन् ।

आइएलओ १६९ पनि नेपालले अनुमोदन गरिसकेको छ । कार्यान्वयनका लागि आदिवासी जनजातिहरूले दबाब सृजना गर्नु पर्ने पार्टी प्रदेश कमिटी सदस्य तथा स्कुल विभाग उपप्रमुख भिम केरूङले बताउनु भयाे ।
त्यस्तै .यो व्यवस्था २०/२५ वर्ष मात्र रहयो भने पनि हिजोका उत्पीडित, उपेक्षित वर्ग, क्षेत्र ,समुदायमा ठूलो सकरात्मक परिवर्तन आउने छ  यसका साथै आदिवासी रंगशाला नेकपा (एमाले) ले नै  बनाउँछ भने । अन्य दलले  राजनीतिक फाइदा लिने काम मात्र गरेछन्  त्यस्तै  भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या हल हुनुपर्ने, नेपाल-चीनमैत्री अेोद्योगिक पार्क बन्नुपर्ने ।समेत   केरूङले बतउनु भयाे।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend