कमल । भापाकाे कमल गाउँ पालिकामा रहेकाे कमल नगर अस्पताल आज बाट चाैथाे वर्षमा प्रवेश गरेकाे छ ।
अस्पतालले तेस्रो वर्ष पुरागरी चाैेथा वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज नि: शुल्क स्वास्थ्य शिविर कार्यक्रम सन्चालन गर्नुका साथै २ जना उत्कृष्ट कर्मचारी लाई पुरस्कृत समेत गरिएको छ ।
नि:शुल्क स्वास्थ्य शिविरमा १ सय जना महिला र ५६ जना पुरूसले नि:शुल्क स्वास्थ्य परिक्षण गराउनु भएकाे अस्पतालका प्रशासनिक प्रमुख कुशल श्रेष्ठले बताउनु भयाे ।
साेहि अवसरमा अस्लपतालमा कार्कायर दुई जना कर्मचारीलाई पुरस्कृत गरिएको थियाे ।

यसरी पुरस्कृत हुनेमनमेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावति र अ न मि अन्जना सापकोटा लाई खादा तथा सम्मान पत्रद द्वारागाउँपालिका अध्यक्ष हुमुमसिंह राई र उपाध्यक्ष प्रमिला तिवारी न्याैपानेले सम्मान गर्नु भएको थियाे ।
शिविरमा आखा परिक्षण , दन्त परिक्षण फिजिसियन तथा हाड जोर्नि लगायतका सेवा प्रदान गर्नुका साथै प्राविधिक सेवा प्रदान गरिएको थियाेय ।