कमल । विहविार दिउसो कमल गाउँपालिका २ स्थित ज्योति माध्यमिक विध्यालयमा पुग्दा भुकम्प आएको जनाकारी दिने साईरन बजि रहेको थियो । साईरन बजेको १ मिनेट वित्न नपाउदै निकै भागदौड सुरुभयो कोहि एम्वुलेन्सलाई सम्पर्क गर्न थाले भने कोही सुरक्षा निकायलाई त कोहि स्वस्थ्य कर्मिलाई । कोई कक्षा कोठामा भएका घाईते विध्यार्थिलाई खुल्ला चौरमा ल्याएर प्राथमिक उपचार गर्नथाले ।
यो दृश्य हेदै गर्र्दा लाग्थ्यो भुकम्प आएर धेरै मात्रामा विध्यार्थि घाईते भएर उनिहरुको उध्दार र उपचारमा निकै ठुलो जनशक्ति परिचालन भईरहेको छ ।
तर यो वास्तविक भुकम्प नभएर साच्चिकै भुकम्प आएमा कसरि आफु सुरक्षित रहने र घाईते भएकालाई उध्दार गर्ने भन्ने विषयमा कारितास नेपाल दमकले गरेको कृतिम अभ्यास थियो ।
कारितास नेपालले कमल गाउँपालिकामा रहेका जोखिम युक्त विध्यालयमा तिन वर्ष देखी नियमित रुपमा वृहत विध्यालय सुरक्षा कार्यान्वयन गर्दै आई रहेको छ । जस अन्तर्गत विध्यालयको भौतिक पुर्वाधार, खानेपानि,वाढि प्रभावित विध्यालयमा तटबन्ध जस्ता कार्यक्रम सन्चालन गर्दै आईरहेको कारितास नेपाल दमकका प्रमुख देवेन्द्र पोख्रेलले बताउनुभयो ।
कमल गाउँपालिकामा रहेको विध्यालयहरु मध्ये जोखिमा परेका कमल गाउँपालिका वडा नम्वर १ स्थित नरेन्द्र जनता माध्यमिक विध्यालय र नवदुर्गे आधारभुत विध्यालय र कालिका आधारभुत विध्यालय वडा नम्वर २ स्थित कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय र ज्योती माध्यमिक विध्यालय वडा नम्वर ७ अरनिको आधारभुत विध्यालय र सरस्वती माध्यमिक विध्यालयमा वृहत विध्यालय सुरक्षा कार्यक्रम सन्चालन भएको छ ।
विपद्को जोखिममा रहेका विध्यालयलाई यस्ता कार्यक्रमले धेरै ठुलो सहयोग पुगेको छ भने भुमम्प लगाएकका विपद् आएमा कसरी सुरक्षित रहने भन्ने विषयमा समेत गरिएको कृतिम अभ्यासले राम्रो सन्देश दिएको ज्योति माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्का बताउनुहुन्छ ।
तिन वर्ष देखि कारितास नेपालले विपद् संग सम्बन्धित धेरै कार्यक्रम गरेको छ । जस अन्तरर्गत बाढी प्रभावित विध्यालको टतवन्ध गरेको छ भने भुकम्प बाट जोगिनकालागी गरेको कृतिम अभ्यास , का साथै विध्यालयको शैक्षिक गुणस्तर सुधारका लागी कारितास नेपालले गरेको योगदान अत्यन्तै महत्व पुर्ण छ । जसका कारण विध्यालयमात्र नभएर विध्यालय वरपरको समाजमा समेत यस्ता कार्यक्रमले निकै प्रभाव पारेको र विध्यार्थि तथा अभिवाकलाई राम्रो सन्देश दिएको ज्योति माध्यमिक विध्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेतले जनाकारी दिनुभयो ।
भुकम्पकिय जोखिमको दृष्टि कोणले नेपाल विश्वको ११ औ स्थानमा पर्दछ भने वाढी पहिरोको हिसावले समेत नेपाल निकै जोखिममा छ । यो सगै हावाहुरी, सर्प दंश जस्ता विपद्का घटना समेत आउने गरेको छ ।
सुरक्षित सिकाईका लागी विध्यालको वातावरण राम्रोहुन आवश्यक छ । कितावी ज्ञानले मात्र विध्यार्थिलाई पुग्दैन कारितास नेपालले हामि विध्यार्थिलाई दैनिक जिवनमा आईपर्ने धेरै कुराहरु सिकाएको छ । जसका कारणले विध्यालयमा मात्र नभएर आफ्नो घर परिवार र समाजमा समेत सहयोग पुग्ने गरेको ज्योति वालक्लवका अध्यक्ष प्रविण बस्नेतले बताउनुभयो ।
सुरक्षित सिकाईकालागी विध्यालय विपद्को जोखिम बाट मुक्त हुन पर्दछ । विध्यालयको वातावण मात्र राम्रो भएको पुग्दैन त्यसकालागी विध्यालय भन्दा वाहिरको वातावरण समेत विपद् मुक्त हुनु आवश्यक छ । विपद् रहित वातावरणमा गरिएको शिक्षण सिकाईले मात्र विध्यार्थिको सिकाई उपलब्धि राम्रो हुन्छ ।