logo
शुक्रबार, साउन २९ २०८३

सामाजिक सञ्जालमा गाली गलौजको सस्कृति बन्द गरौँ : दाहाल

दर्जनौको सख्यमा जना युवा संघमा प्रवेश


  • कुइनेटो न्युज
  • बिहिबार, माघ २२ २०८२

गौरादह / नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर पाँचका पार्टीका निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले अहिले समाजिक सञ्जालमा निकृष्ट शब्द प्रयोग गरि भइरहेका गालि गलौजको सस्कृति तत्काल बन्द गर्र्न आवह्रान गर्नु भएको छ ।
आज झापाको गौरादहमा नेकपा एमाले निकट युवा संघ नेपालको गौरादह नगर कमिटीको बिस्तारित युवा भेलालाई सम्बोधन गर्दै उक्त सुझाव दिनुभएको हो । अहिले नेपालमा सामाजिक सञ्जालमा नक्कली आइडी खडा गरेर आफ्ना बिरोधीलाई पाच्य नहुने तल्लो स्तरका शब्द प्रयोग गरेर गालि गालौज गर्ने र ठुलो राजनीतिक नेता बन्ने सस्कृतिको बिकास हुदैछ ।
खसगरी यो केही नयाँ भनिएका केही राजनीतिक दलहरुको गठन सुरुवात नै यसैगरी भएको प्रस्ट छ दाहालले भन्नुभयो । यस्ले गर्दा समाज उल्टो दिशामा गएको उहाँको दावी छ । राजनीतिक दलले यस्ता गतिबिधि तत्काल बन्द गरी समाजलाई सभ्य र समुन्नत तर्फ अगाडी बढाउन आग्रह गर्नुभयो । नेपालको कानुन अनुसार कक्कली काम गर्नु दण्डनीय छ । त्यसमा पनि गालि गलौज गर्नु झनै ग्रह्रकानुनी काम हो । यस्तो अपराध गर्नेलार्ई प्रचलिन कानुन अनुसार पनि जालसाँझी र गालीगलौजको मुद्धा लाग्छ ।
अहिले नेकपा एमालेले जनतालाई नक्कली आईडी निर्माण गरेर ढाटिरहनु आवश्यक छैन । नेकपा एमालेको नेतृत्वमा भएका बिकास निर्माण नै काफी छन् । नेकपा एमाले जहिले पनि बिभिन्न पार्टीहरुसँग मिलिजुली सरकार निर्माण गर्नु पर्ने बाध्यतामा थियो । पहिलो पल्ट नेकपा एमालेको एकलौटी सकार बनाउदा आफ्नो गाउँ आफै बनाउँ, बृद्धभक्ता देखि दीर्घकालिन योजना जनताले प्रत्यक्ष आफ्नै आँखाले देखेका भोगेका छन् । त्यसैले अव राजनीति संस्कार नै बिगार्ने गरि भएका गलत काम तत्काल बन्द गर्न आह्रान गर्नुभएको छ ।
कार्यक्रममा युवा संघ नेपालकी केन्द्रिय सचिव निशा लिम्बुले युवाहरु प्रबिधिसँगै सत्यतथ्य प्रमाणित बिषय छुट्टयाएर ग्रहण गर्न युवालाई निर्देशन दिनुभयो । सबै युवा जलाईका सिंहदरवार र सर्बोच्च अदालत लगायतका सम्पदा निर्माण गर्न नेकपा एमालेको पक्षमा सतिसाल जस्तै भएर उभिनु पर्ने बताउनुभयो ।
भूकम्पले ढलेका राष्ट्रिय सम्पदा एमालेको नेतृत्वमा निर्माण गरिएको हामी गौरव गर्छौ । अव जेएनजी आन्दोलनले खरानी बनाइएको राष्ट्रिय सम्पदा निर्माण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व आवश्यक छ । यसमा सबैले जुट्न आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य दिपक कार्की, इन्द्र भण्डारी, पार्टीैको केन्द्रिय लेखा आयोगकी सदस्य लिला कट्टेल, समेतको उपस्थिती रहेको थियो । कार्यक्रम युवा संघका नगर कमिटी अध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा भएको थियो । नगर कमिटी उपाध्यक्ष रामकुमार कार्कीले स्वागत मन्तब्य राख्नुभएको थियो सञ्चालन मनिस झाले गर्नुभएको थियो ।
कार्यक्रममा बिभिन्न पार्टीबाट ५० जनाभन्दा बढी युवाहरु युवा संघमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका युवाहरुले अवको आवश्यकता नेकपा एमालेको भएकाले देश निर्माण गर्ने अभियानमा लाग्ने प्रतिवद्धता जाहेर गरेका थिए । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रिय सदस्य देवेन्द्र दाहाल, संघका जिल्ला अध्यक्ष फुर्वा लामाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend