logo
शुक्रबार, साउन २९ २०८३

एमालेको निर्वाचन लक्षित कार्यक्रम तिब्र बन्दै


  • कुइनेटो न्युज
  • बुधबार, माघ २१ २०८२

कमल / नेकपा एमालेले निर्वाचन लक्षित गरेर पार्टीका कार्यक्रम र योजना तिब्र रुपमा अघि बढाएको छ । जस अन्र्तगत झापाको निर्वाचन क्षेत्र नम्बर ५ का बिभिन्न स्थानमा क्षेत्रीय, पालिका, वडा तथा टोल स्तरका कार्यक्रम धमाधम गरिरहेको छ ।
दैनिक जसो बिभिन्न तह स्तरीय कार्यालय उद्घाटन देखि अन्र्तकृयादेखि निर्वाचन लक्षित योजना तर्जुमा सबै तहका संगठन बिस्तार तथा निर्माण गरिरहेको झापा ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले जानकारी दिनुभयो । हाम्रो क्षेत्र भरी नै दैनिक बिभिन्न जनवर्गिय संगठन, पार्टीका स्थानीय तहका सबै वडा, पालिका, टोल र क्षेत्रिय स्तरका कार्यक्रम निरन्तर भइरहेका छन् । यसले पार्टीका सबै कार्यकर्तामा मनोवल उच्च भएको पाइएको छ । सबै कार्यकर्ता गतिबिधिमा उत्साह पूर्वक लाग्नु भइको छ ।
पार्टीको आज झापाको कमल गाउँपालिका अन्तरगत  वडा नम्बर २ क्याम्पा बजारमा वाड्नं २ को निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य भोला पोख्रेलले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

प्रमुख अतिथी पोख्रलले उद्घाटन कार्यक्रममा बोल्दै निर्वाचन अहिल साईवर वारबाट बालवालिका र महिलाहरु सचेत हुनुपर्ने वताउनुभयो । पुरै देश ध्वस्त पार्ने मुख्य योजनाकार नै अहिले झापाबाट निर्वाचन लड्न आएका छन् । त्यसैले देश आगो लगाएर खरानी बटुल्ने ब्यक्तीलाई झापालि जनताले राम्ररी चिनिसकेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य वेनु शिवाकोटीले सबै कार्यकर्ताले उच्च मनोवलका साथ प्रचारमा जुट्नु पर्ने बताउनुभयो । जेएनजी आन्दोलनबाट बिक्छिप्त बनेको नेपाली समाजमा जनताका मौलिक हकको प्रयोग समेत गर्न नपाईने अवस्थामा पुगेको थियो ।

नेकपा एमालेको गाउँगाउँ स्तरमा भएका राजनीति गतिबिधिले सबैले खलेर बोल्न सक्ने अवस्थामा पुगेको बताउनुभयो । बोल्न समेत डराउन थालेको समाजमा लोकतन्त्रको अनुभूति नै गुमिसकेको थियो शिवाकोटीले भन्नुभयो । अव जनजनका समस्यासँग नेकपा एमाले आइसकेकाले यस्ता डरत्रासमा परेर नबस्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टी जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङ्गेलले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता वाड्न २ का निर्वाचन परिचालन समितिका संयोजक हरी पराजुलीले गर्नभएको थियो । कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य भिम राई, पालिका अध्यक्ष हरि ढकाल र पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने सहितको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend