logo
शुक्रबार, साउन २९ २०८३

एमालेको टोल टोलमा चुनावी योजना बन्दै


  • कुइनेटो न्युज
  • मंगलबार, माघ २० २०८२

दमक /  आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेको दमक नपा वडा नम्बर ९ अन्र्तगत ७ नम्बर टोलको बिस्तारित बैठक आज सम्पन्न भएको छ ।
पाटीका टोल कमिटीका अध्यक्ष काजिमान घिमिरेको अध्यक्षतामा भएको बैठकले निर्वाचनमा पार्टीलाई बिजयी गराउन योजना निर्माणको छलफल भएको जनाइएको छ । योजना बैठकमा भूगोलमा रहनु भएका सबै उपल्लो कमिटीमा आवद्ध नेतृत्व समेत सहभागी रहनुभएको छ ।
बैठकबाट तत्काल टोलमा आवश्यक समस्या तथा समाधानका बिषयमा छलफल भएको जनाइएको छ । नेकपा एमाले वड्न ९ को वडा कमिटीका सचिव बालचन्द्र कार्कीका अनुसार कार्यक्रम बैठकमा पार्टीको प्रदेक कमिटी सदस्य अम्बिका खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यसरी नै पार्टीका जिल्ला कमिटी सदस्य तथा वाड्न ९ का इञ्चार्ज दुर्गा काफ्ले वडा कमिटिीमा आवद्ध गरी करिव ७० जनाभन्दा बढीको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend