logo
मंगलबार, कार्तिक ११ २०८३

कमलामा छात्रवृत्ति वितरण, विपद् बाट जोगिन नमुना अभ्यास र स्टेशनरि बितरण


  • कुइनेटो न्युज
  • मंगलबार, साउन ३ २०७९

कमल  । नबोदय बहुउद्देश्यीय सहाकारी संस्था लिमिटेडले आज विध्यार्थिलाई छात्रवृत्ति वितरण गरेको छ ।

झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको सस्थाले गरिव तथा जेहन्दा विध्यार्थिलाई अध्यायनमा सहयोग पुगोस् भन्ने उदेश्यीयले छात्रवृत्ति वितरण गरेको सस्थाका अध्यक्ष शरण कुमार पराजुलीले जानकारी दिनुभयो ।
सस्थाले कमल गाउँपालिका वडा नम्वर २ स्थित कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयमा कक्षा ४ मा अध्यायनरत दोर्जे तामाङ्ग र कक्षा ८ मा अध्यायनरत  सरोजा नेपाललाई छात्रवृत्ति बापतको पहिलो किस्ता जनहि ११ हजार रुपैयाका दरले प्रदान गरिएको सस्थाका व्यवस्थापक फणिन्द्र बहादुर कार्किले बताउनु भयो । सस्थाले द्वय विध्यार्थिलाई कक्षा १२ अध्यायन गरुन्जेल सम्म वार्षिक २१ हजार रुपैयाका दरले छात्रवृत्ति प्रदान गर्ने सस्थाका व्यवस्थापक कार्किले बताउनु भयो ।
त्यस्तै कारीतास नेपाल दमकले समेत सोहि बिद्यालयमा कमल बालक्लबका सदस्य , एन.सि.सि.का विद्यार्थी , बिध्यालय व्यवस्थापन समितिका पदाधिकारी ,तथा शिक्षकलाई बिद्यालयमा आकस्मिक सुरक्षा कार्ययोजनाको बारेमा जानकारी गराउदै बिपद ब्यवस्थापन सम्बन्धि नमुना अभ्यास कार्यक्रम समेत सम्पन्न भएको थियो ।
नमुना अभ्यासले बिद्यार्थीहरुलाई बिपदमा कसरी सुरक्षीत रहने , कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा समेत विध्यार्थिलाई जानकारी गराएको कारितास नेपाल दमक शाखा तथा परियोजना अधिकृत बिपिन निरौलाले जानकारी दिनु भयो ।
त्यसैगरी बिद्यालयमा अध्यायनरत गरिब तथा जेहेन्दार ५० जना विद्यार्थीलाई लायन्स क्लब अफ दमक ईम्मप्याक्टले विध्यार्थिलाई स्टेशनरि बितरण गरेर विध्यार्थिलाई अध्यायनमा थप हौसला प्रदान गर्नु भएको विध्यालयका प्रधानध्यापक हिमप्रसाद दाहालले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend