logo
शुक्रबार, साउन २९ २०८३

स्थानिय द्वारा आन्दोलन स्थगित


  • उमानाथ भण्डारी
  • शनिबार, माघ १७ २०८२

कमल । निर्माणाधिन एशिन हाईवेय विषयलाई लिएर झापाको कमल गाउँपालिका ३ केर्खा पुर्वका स्थानियले सुरु गरेको आन्दोलन स्थगित भएको छ ।

राजमार्ग निर्माणका क्रममा केर्खा बजार पश्चिम तर्फ बस स्टण्ड, सर्भिसलेन र फुटपाथ राखिएको तर बजार पुर्व तर्फ वस स्टेण्ड लगायत कुनै पनि व्यवस्था नभएकोले वृस्तित लागत परियोजना (डिपिआर) सच्याएर भएपनि सो ठाउँमा सर्भिसलेन र फुटपाथ निर्माण गर्नू पर्ने मागगर्दै दुई हप्ता अगाडी बाट सुरु गरिएको संर्घर्षका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको समितिले जनाएको छ ।

सोही क्रमममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कमल ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोइराल , निवर्तमान वडा सदस्य चक्र बहादुर गुरुङ स्थानिय बासी लगायतले फुथपाथ, सर्भिसलेन यु टर्न निर्माण स्थालगत अनुगमन गर्नूका साथै नजिक रहेको सिंहदेवी मंदिरमा पुगेर दर्शन समेत गर्नु भएको थियो ।

 

राजमार्ग निर्माणका क्रममा केर्खा बजारको पश्चिम तर्फ बाट बजारको मध्य माग सम्म मात्र सर्भिसलेन र फुटपाथ भएको तर पुर्व तर्फ कुनै पनि योजना नभएकोले छुटेका स्थानमा फुथपाथ, सर्भिसलेन यु टर्न लगायतका संरचना निर्माणका लागी सहमती भए पछी आन्दोलनका कार्यक्रम स्थागित गरिएको संर्घस समितिका संयोजक धनराज गिरीले बताउनु भयो ।

सर्भिसलेन र फुटपाथ निर्माण गर्नू पर्ने मागगर्दै दुई हप्ता अगाडी बाट सुरु गरिएको संर्घर्षका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend