कमल । झापाको कमल गाउँपालिकामा पालिका स्तरिय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
कमल ५ स्थित आदिबासी रङ्गशालामा आज बाट सुरु भएको रनिङ शिल्ड प्रतियोगिता आगामी माघ १७ गते सम्पन्न हुनेछ ।
प्रतियोगिता अन्तरगत आज पहिलो दिन एथलेटिक्स तर्फका खेल बिहान ११ बजे देखी र भलिबल तर्फका सबै प्रतियोगिता दिउसो १२ बजे देखी आदिवासी रंगशालामा सुरु भएका छन् ।

त्यसैगरी कबड्डि तर्फका सबै खेल माघ १६ गते बिहान ९ बजेदेखी आदिवासी रंगशालामा हुने शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविन गौतमले जानकारी दिनुभयो ।
त्यस्तै तेक्वान्दो तर्फमा सबै खेल माघ १६ गते बिहान १० बजेदेखी र कराँते तर्फमा सबै प्रतियोगिता माघ १७ गते बिहान ९ बजेदेखी कमल ५ स्थित मङलमय माध्यमिक विध्यालयको प्राङगणमा हुने अधिकृत गौतमले बताउनु भयो ।