कमल । झापाको कमल गाउँपालिका ५ स्थित स्टार ईङ्गलिस स्कुलको आज २९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
वार्षिक उत्सवको अवसरमा विध्यालयले सन्चालन गरेका अतिरिक्त कृयाकलापमा उत्कृष्ट विध्यार्थिलाई पुरस्कृत गरिएको विध्यालयका संस्थापक प्रिन्सिपल विजयसेन थापाले बताउनु भयो ।
विद्यालयको प्राङ्गणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विध्यार्थिले विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए ।जस अन्तरगत परेड, पि टी ड्रिल, पिरामिड, तेक्वान्दो, कराते रिङ डान्स, गायन, नृत्य र नाटक लगायत प्रदर्शन गरेका थिए ।

विध्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन कमलका अध्यक्ष दिपक संग्रौला, सचिव त्रिलोचन गौतम छिमेकी विध्यालयका प्रिन्सिपल, व्यवस्थापन समितिका सदस्य ,अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम विध्यालयकी शिक्षिका सीता भण्डारीले सन्चालन गर्नु भएको थियो भने शिक्षक गणेश दुलालले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।