कमल । झापाको कमल गाउँपालिका २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयको ६३ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन पछी शुभकामना मन्तव्यका क्रममा अध्यक्ष राईले विद्यालयको प्रगती उन्नतीको कामना गर्दै विद्यालयमा अध्यायनरत विद्यार्थिलाई गुणस्तरीय शिक्षा प्रदान गर्नकालागी विध्यालयको भौतिक पुर्वाधार निर्मामा समेत पालिकाले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्ने बताउनु भयो ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,पुर्व शिक्षक बन्धु कुमार निरौला लगायतले विध्यालयको थप प्रगती उन्नतीका साथै कार्यक्रम सफलताको शुभकमना मन्तव्य राख्नु भएको थियो भने विध्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले विध्यालयको तर्फ बाट तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

विध्यालयले वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर शिक्षक तथा विध्यार्थिलाई सम्मान तथा पुरस्कृत गरेको थियो । यसरी सम्मानित तथा पुरस्कृत हुनेहरुमा कमल गाउँपालिका २ नम्बर वडा द्वारा उत्कृष्ट शिक्षकको रुपमा दो प्रसाद लिम्बुलाई नगद सहित सम्मान पत्र द्वारा पुरस्कृत गरिएको थियो भने विध्यालयको तर्फ बाट अनिल श्रेष्ठ र रङ्गनाथ गौतमलाई पुरस्कृत गरिएको विध्यालयका शिक्षक दुर्गा पराजुलीले बताउनु भयो ।

त्यसैगरी वार्षिक उत्सवका अवसरमा वर्ष उत्कृष्ट विध्यार्थि तर्फ शैक्षिक सत्र २०८१ सालमा कक्षा १२ उत्तीर्ण छात्र राहुल राजवंशीलाई नगद द्वारा पुरस्कृत गरिएको थियो । त्यसैगरी स्वार्गिय नेत्र बहादुर श्रेष्ठ कोष बाट २०८१ साल को एसईई परिक्षामा उत्कृष्ट जिपिए ल्याउने खेममणी अधिकारी , जसमिन धिमाल , मलिन ईङ्गनाम र रश्मिका पौडेल, स्वार्गिय सोमनाथ रेग्मि छात्रवृत्ति कोष का कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने उमेश ढकाल र अनिषा गजमेर तथा श्रीमाया लिङदेन स्मृति कोष बाट सज्ञराज विश्वकर्मा र विवेक अधिकारी समेतलाई नगद द्वारा पुरस्कृत गरिएको विध्यालयले जनाएको छ ।

त्यस्तै तोपगाछी धरमपुर मैत्री समाज काठमाडौका तर्फ बाट २०८१ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याई कक्षा ११ मा अध्यायनरत मलिन ईङनाम, सुश्मिता वि.क. , राजु ुबस्नेत र यशोदा दकाललाई छात्रवृत्ति बापत नगद १० हजार रुपैय प्रदान गरिएको मैत्री समाज सचिव यज्ञ प्रसाद न्यौपानेले बताउनु भयो ।

साथै वार्षिक उत्सवका अवसरमा विध्यालयले आयोजना गरेको विभिन्न अतिरिक्त कृयाकलाप उत्कृष्ट विध्यार्थिलाई समेत पुरस्कृत गरिएको थियो ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विध्यालयका पुर्व प्रधानाध्यापक तथा शिक्षक , पुर्व विध्यार्थि समाजका अध्यक्ष नरेन्द्र दंगाल, सचिव विष्णु दाहाल र सदस्य दिपा दाहाल लगायतको उपस्थितीमा भएको कार्यक्रममा सह प्रधानाध्यापक ईश्वरी प्रसाद दहालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उपस्थित सहभागीलाई शब्द द्वारा स्वागत गर्नु भएको थियो ।