logo
शुक्रबार, साउन २९ २०८३

नरेन्द्र जनताको ५८ औं वार्षिकोत्सब


  • कुइनेटो न्युज
  • आइतबार, माघ ११ २०८२

कमल । झापाको कमल कमल गाउँपालिका १ स्थित श्री नरेन्द्र जनता माध्यमिक बिद्यालयले विविध कार्यक्रम सहित आफ्नो ५८ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ ।

बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्य रायाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी कमल गाउँ पालिकाका अध्यक्ष हुकुम सिंह राइले उद्घाटन गर्नु भएको कार्यक्रमममा शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने लगायत स्थानीय समाजसेवी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

बिद्यालयले वार्षिकोत्सबको अवसरमा १५ जना उत्कृष्ट वर्ष विद्यार्थीलाई पुरस्कृत गरेको छ भने दुई जना अभिभावकलाई उत्कृष्ट वर्ष अभिभावकको रुपमा सम्मान गरेको विध्यालयले जनाएको छ ।

यस वर्षको उत्कृष्ट वर्ष शिक्षकको रूपमा माध्यमिक तह लेखा बिषयका शिक्षक कृष्ण कुमार बुढाथोकी सम्मानित हुनु भएको थियो । त्यस्तै ३५ वर्षे सेवा पूरा गरि अवकाश हुनु भएका सिताराम घिमिरेलाई बिशेष सम्मान सहित बिदाइ समेत गरेको थियो ।

कार्यक्रमको अवसर पारेर हरेक वर्ष उक्त बिद्यालयका पुर्व विद्यार्थी तथा स्वतन्त्र उर्जा उत्पादक संघ IPPAN नेपालका अध्यक्ष तथा ब्यवसायी गणेश कार्कीले उपलब्ध गराउदै आउनु भएको १ लाख रुपैयाको गणेश कार्की विद्यार्थी प्रोत्साहन छात्रवृत्ति कक्षा ११ मा अध्ययनरत ३० जना विद्यार्थीलाई नगद २ हजार रुपैयाका दरले उपलब्ध गराइएको छ थियो भने छात्रवृत्ति तथा पुरस्कार प्रमुख अतिथी राई र कोष सस्थापककी आमा टिकादेवी कार्किले हस्तान्तरण गर्नु भएको थियो ।

विद्यार्थीहरुले नृत्य तथा नाटक प्रस्तुत गरेको कार्यक्रममा शिक्षकहरु लक्ष्मी प्रसाईं फडेन्द्र पौडेल प्रेम तामाङको गायन प्रस्तुति दिनु भएको थियो। कार्यक्रममा उपस्थित ५० जना अभिभावकलाई भाग्यचिठ्ठा मार्फत घरायसी प्रयोगका सामग्री उपहार दिइएको उक्त कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।

शिक्षक लक्ष्मी प्रसाद प्रसाइले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा प्रधानाध्यापक बद्री कार्किले बिध्यालयको गतिविधि प्रस्तुत गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend