logo
शुक्रबार, साउन २९ २०८३

कमलनगर जेसीजको १० औं पद हस्तान्तरण


  • कुइनेटो न्युज
  • आइतबार, माघ ११ २०८२

कमल । कमलनगर जेसीजको १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कर्यक्रम सम्पन्न भएको छ ।

कमल ५ स्थित रोड स्टार पार्टी प्यालेसको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नु भएको थियो ।
गत पुस २७ गते सम्मपन्न ११ औं वार्षिक साधारण सभा बाट वर्ष २०२६का लागी नव निर्वाचित समितिलाई पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा जेसीजले सञ्चालन गरेका विभिन्न गतिविधीलाई सफता पुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने पुर्व अध्यक्ष, आजिवन सदस्य र विभिन्न कार्यक्रमका संयोजक लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सोही अवसरमा कमल नगर जेसीजको निर्माणाधिन भवन निर्माणकालागी सहयोग स्वारुप नेपाल जेसीज बाट प्राप्त १ लाख रुपैयाको चेक वर्ष २५ का अध्यक्ष जेसी भिम अधिकारीले भवन निर्माण समितिका संयोजक जेसी केदार कटुवाललाई हस्तान्तरण गर्नु भएको थियो ।

कमल गाउँपालिकाका अध्यक्ष राईले कमल नगर जेसीजले सामजिक कार्य मार्फत समाज रुपान्तरणकालागी गरेको योगदानको प्रशंसा गर्दै नव निर्वाचित समितिले आगामी दिनमा अझ शसक्त रुपमा अगाडी बड्न सुझाव सहित नव निर्वाचित समितिलाई कार्यकाल सफलताको बधाई तथा शुभकामना दिनुभयो
वर्ष २६ का लागी अध्यक्ष जेसी देवराज भण्डारी (महेश), कार्यकारिणी उपाध्यक्ष जेसी कमल कटुवाल र जेसी प्रभात मण्डल,कानूनी सल्लाहकार जेसी हरी अधिकारी ,महासचिव जेसी मनिषा कठायत र कोषाध्यक्ष जेसी अर्चना कार्की निर्वाचित हुनुभएको निर्वाचन आयुक्त जेसी रिजु कार्कीले जानकारी दिनुभयो ।


त्यसैगरी उपाध्यक्ष जेसी विशाल कार्की, जेसी ऐश्वरा चौहान, जेसी भीम कुमारी (रन्जना) बस्नेत र जेसी शम्भु निरौला ,तालिम निर्देशक जेसी मिलन पौडेल,प्रकरण निर्देशक जेसी भुमिका चापागाईं,जनसम्पर्क अधिकारी जेसी डिजा घिमिरे र सचिवः जेसी विजय खतिवडा निर्वाचित हुनुभएको आयुक्त कार्कीले बताउनुभयो ।
कार्यक्रममा जेसीजका पुर्व अध्यक्ष , अजिवन सदस्य, छिमेकी पालिकाका समकालिन तथा पुर्व अध्यक्ष, वडा अध्यक्ष , विभिन्न संघसस्थाका प्रतिनिधी, सामाजिक व्याक्तित्व लगायतको उपस्थिती रहेको थियो ।

वर्ष २५ का अध्यक्ष जेसी भिम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव जेसी मिलन सापकोटाले सञ्चालन गर्नु भएको थियो भनेजेसी मनिषा कठायतले शाब्दिक शब्द द्वारा स्वागत गर्नू भएको थियो ।

सोही अवसरमा पुर्व अध्यक्षजेसी केदार कटुवालको अध्यक्षतामा अध्यक्ष क्लव समेत गठन गरिएको छ ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend