logo
मंगलबार, कार्तिक ११ २०८३

खेलकुद विकास बोर्डको सदस्य सचिवमा : उपसचिव सिग्देल


  • कुइनेटो न्युज
  • शुक्रबार, माघ २ २०८२

विराटनगर। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको छ।

गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सदस्य सचिव तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो।


त्यस्तै आजको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा आसमान तामाङलाई पदस्थापन गर्ने निर्णय गरेको छ।


 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend