चुलाचुली । ईलामाको चुलाचुलीमा सम्पन्न १६ औ राष्ट्रपती रनिङ्ग शिल्डको उपाधी वाडा नं १ स्थित जनता माध्यमिक विध्यालयले चुमेको छ ।
बुधवार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण ७ रजत र ५ काँस्यपदक प्राप्त गरी जनता माध्यमिक विध्यालयले प्रतियोगिताको उपाधी चुमेको हो ।
प्रतियोगितामा प्रथमहुने विध्यालयलाई कोशि प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री राम रानाले रनिङ्ग शिल्ड प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा ९ स्वर्णपदक ४ रजत र ४ कास्यपदक सहित चुलाचुली २ स्थित जनता माध्यािक विध्यालय दोश्रो भएको थियो भने ८ स्वर्णपदक १० रजत र ६ काँस्य सहित चुलाचुली ४ को श्री चुलाचुली अंग्रेजी बोर्डिङ्ग स्कुल तेश्रो भएको थियो ।
गत पौष २० गते देखि चुलाचुली ४ स्थित श्री बालज्योती माध्यमिक बिध्यालयमा सन्चालित प्रतियोगितामा १५ बिध्यालयका ४ सय भन्दा बढी बिध्यार्थी खेलाडी हरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा भलिबल, कपर्दी,तेक्वान्दो, करातेँ, सटपुट, ज्याब्लिङ्ग थ्रो लगायतका खेलहरु समावेस गरिएको थियो ।

प्रतियोगितामा भलिवल तर्फ उकृष्ट छात्र जनता माध्यािक विध्यालय चुलाचुली २ का बबि लिम्बू हुनुभएको थियो भने छात्रा तर्फ राष्ट्रप्रेमी माध्यमिक विध्यालयकी कृतिका स्वाङबो हुनुभएको थियो ।
त्यसै गरि छात्रा तर्फको कपदीर्मा उत्कृष्ट राष्ट्रप्रेमी कै सोनिया श्रेष्ठहुनुभएको थियो भनें छात्र तर्फ जनता माध्यमिक विध्यालयका बिष्णु श्रेष्ठ हुनुभएका थियो ।
राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता को समापनका अवसरमा गत सालको एस इ इ परिक्षामा गाउँपालिका प्रथम हुने कृष्टिना पौठाक दोश्रो प्रदिप दहाल र देश्रो हुने एन्जिस खतिवडा तथा कक्षा ८ बाट उत्कृष्ट अंक ल्याउने ३ जना बिध्यार्थी लाई सम्मान गर्नुका साथै एस इ इ मा सत प्रतिशत बिध्यार्थी पास गराउन सफल ३० जना शिक्षक शिक्षिका हरुलाइ समेत सम्मान गरिएको थियो ।
प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलु लावती ,प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, वडा अध्यक्ष कार्यपालिका सदस्य, विध्यालयका प्रधानाध्यापक,खेल शिक्षक लगायतको उपस्थिती रहेको थियो ।