logo
शुक्रबार, साउन २९ २०८३

कमलमा कृषकको माटो परिक्षण कार्य सरु ,आवश्यकता अनुसार माटो सुधार गर्दै लगिने


  • कुइनेटो न्युज
  • शनिबार, पुष १९ २०८२

कमल । झापाको कमल गाउँपालिकाले कृषकको जमिनको माटो परीक्षण गर्ने कार्यको सूरुवात गरेको छ ।
गाउँपालिका कृषि विकास शाखाको चालु आर्थिक वर्षको लक्ष अन्तरगत आवश्यकता अनुसार सबै वडाका कृषकको जमिनको माटो परीक्षण कार्य सूरु गरेको हो ।

माटो परीक्षणका क्रममा विभिन्न स्थानका कृषकको खेतबारीबाट नमुना संकलन गरी वैज्ञानिक विधिबाट परीक्षण सूरु गरिएको कृषी विकास शाखाले जनाएको छ ।

परीक्षणका क्रममा केही कृषकको जमिनमा पोषक तत्वको कमी, माटोको अम्लीयता तथा उर्वराशक्तिमा समस्या आधारमा सम्बन्धित कृषकलाई माटो सुधार तथा उत्पादन वृद्धि गर्न आवश्यक उपचार विधि अपनाउनुका साथै माटो परीक्षण प्रतिवेदनका आधारमा कृषकलाई आवश्यक मलखादको मात्रा, जैविक मलको प्रयोग, कृषी चुनको प्रयोग , गोठ सुधार र माटो अनुसार उपयुक्त बाली छनोट सम्बन्धी सुझाव प्रदान गरिने गाउँपालिकाका कृषी विकास शाखाका प्रमुख महेन्द्र बोहोराले बताउनु भयो ।

यसले कृषकको उत्पादन लागत घटाउनुका साथै दीगो र वैज्ञानिक कृषि प्रणाली विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ भने आगामी दिनमा समेत नियमित रूपमा माटो परीक्षण कार्यक्रम सञ्चालन गरी कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउने शाखाले जनाएको छ ।
यस्ता कार्यक्रमले कृषकको उत्पादन वृद्धि हुनुका साथै माटो संरक्षणमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend