logo
शुक्रबार, साउन २९ २०८३

दमक नगरपालिकाको एघारौं नगरसभा बाट पारित हुन नकेन आगामि आर्थिक वर्षको निति,कार्यक्रम र बजेट


  • मनकुमार गदाल
  • बिहिबार, असार ३० २०७९

दकम , असार ३० । दमक नगरपालिकाको एघारौं नगरसभा बाट पारित हुन नकेन आगामि आर्थिक वर्षमा सन्चालन गरिने निति,कार्यक्रम र बजेट ।
नगर पालिकाका नगर प्रमुख र सभासदहरु बिच बिवादका भएका कारण आगामि आर्थिक वर्षमा सन्चालन गरिने निति,कार्यक्रम र बजेट पास हुन सकेको छैन ।
नगरप्रमुख राम थापाले सदस्यलाई बोल्न समय नदिएको र कार्यपालिका बैठक बाट पास गरिएका विषय बस्तु भन्दा फरक विषय बस्तु सभामा पेश गरेको विषयमा नगर प्रमुख र एमालेका सभासद बिच भएको विवदका कारण नगरसभा दुई पटक सम्म स्थगित भएको छ ।
नगरपालिकाको तर्फ बाट एघारौ नगर सभामाका विषयमा जानकारी गराउदै प्रस्ताव गरिएका निति तथा कार्यक्रमको पुरक प्रस्ताव तथा विशेष प्रस्तावका विषयमा जानकारी गराउने उद्येश्यले आज पत्रकार मञ्च दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका तर्फवाट निर्वाचित नगरसभा सदस्यहरुका संयोजक लोक बहादुर धिमालले जानकारी गराउनु भएको थियो ।
नगर सभामा विधि पूर्वक हाम्रा सदस्यहरुले प्रस्ताव गरिएको निति तथा कार्यक्रमको पुरक प्रस्तावहरु र विशेष प्रस्तावहरु माथि कार्यपालिकाको बैठकमा राखेर छलफल गरी एउटा निकास नआए सम्म नगर सभा नचल्ने कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरुको संयोजक धिमालले बताउनु भयो ।
नगर सभाको गतिरोध अन्त्यका लागि नेकपा एमालेवाट निर्वाचित दुई तिहाई कार्यपालिका सदस्यहरुले कार्यपालिकाको बैठकको माग गर्दा पनि त्यसलाई वेवास्ता गरी लोकतान्त्रिक विधि पद्धतिलाई तिलाञ्जली दिएर जवरजस्त सञ्चालन गर्न खोजेको गत असार २९ गतेको नगर सभा बहिष्कार गर्न वाध्य भएको धिमाल द्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नगर सभा सदस्यले मर्यादा पूर्वक आफनो भनाई राख्ने क्रममा नगर प्रमुख थापाले अपमान जनक तवरले बोल्ने अधिकारवाट वञ्चित गरेको प्रति उहाँको आपत्ति रहेको कार्यपालिका सदस्य शारदा सापकोटाले बताउनु भयो ।
करारमा रहेका कर्मचारीको विषयमा पत्रकारले राखेको जिज्ञासामा दमक ३ का वडा अध्यक्ष नविन बरालले बोल्दै करारमा कर्मचारी नराख्ने हो भने नगर पालिका , वडा कार्यालय सञ्चालन गर्न सम्भव छ त ? प्रश्न गर्दै उनी जोसुकै हुन जुनसुकै आस्थाको भए पनि उनीहरुको करार अवधि थप्नु पर्ने बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend