logo
मंगलबार, कार्तिक ११ २०८३

बजारमा सिसीटिभी क्यामेरा जडान सम्झौता बमोजिमको रकम नदिएको भन्दै धिमाल व्यावसायीले कानुनकाे ढोका घच्घचाउने


  • मनकुमार गदाल
  • बिहिबार, पुष १७ २०८२

दमक ।बाह्र वर्ष अघि दमक उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईको पालामा दमक बजारमा सिसीटिभी क्यामेरा जडान गर्न लगाएर सम्झौता बमोजिमको रकम नदिएको भन्दै न्यायको लागि कानुनी ढोका घच्घचाउने दमक धिमाल ब्यवसायी संमुहले उद्घोष गरेको छ ।
०७० साल पुस३०गते दमक उधोग वाणिज्य संघले अनलाइन कम्प्युटर सप्लायर्स दमकका सञ्चालक ब्यवसायी सुरज धिमालसंग सम्झौता गरेर बजार क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरेर अहिले सम्म रकम नदिइ झुलाई रहेका कारण समस्यालाई सार्वजानिक गर्दै कानुनी ढोका घच्चाउने समुहले उद्घोष गरेको हो ।
यही पुस १८गते शुक्रवार(भोली) झापाको दमक ७ स्थित पशुहाट परिसरमा दमक उधोग वाणिज्य संघको निर्वाचन हुदैछ । धिमाल ब्यवसायी संमुह दमकले आज पत्रकार सम्मेलन गरी वाणिज्य संघका तत्कालिन अध्यक्ष प्रसाईको पालामा संघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठको संयोजकत्वमा सिसीटिभी जडान समन्वय समिति गठन गरेर दमक बजारका ८ठाउँमा सिसीटिभी क्यामेरा जडान गरेको प्रमाण देखाउदै सम्झौता बमोजिमको रकम नपाएको दमक धिमाल ब्यवसायी समुहका संयोजक समेत रहनु भएका अनलाइन कम्प्युटरका सञ्चालक सुरज धिमालले बताउनु भयो ।


पत्रकार सम्मेलनमा सहभागी पत्रकारको प्रश्नको जवाफ दिदै वाणिज्य संघमा प्रसाईको पालादेखि अहिले वहाल वाला अध्यक्ष तथा पुन ःअध्यक्षका उम्मेदवार गोपाल गुरागाई सम्मलाई धेरै पटक रकम पाउ भन्दै निवदेन गर्दा पनि दिन—दिने भनिए पनि सोझो धिमाल भनेर अहिले सम्म झुलाइ रहेको सुरज धिमालले बताउनु भयो । धिमाल ब्यवसायीहरुलाई परेको समस्या,अप्ठायारोमा वाणिज्य संघको अहिले सम्मको नेतृत्वले केही सहयोग नदिएको धिमाल ब्यवसायी समुहका सचिव मणीराज धिमालले दुःख ब्यक्त गर्नु भयो । अध्यक्षका उम्मेदवार गुरागाई,अको अध्यक्षका उम्मेदवार भरत चम्लागाई अध्यक्षको उम्मेद्धवारको प्यानल र राजु खड्का अध्यक्षका उम्मेद्धवारको प्यानलले धिमाल ब्यवसायीलाई भोट बैक मात्र बनाएको धिमाल ब्यवसायीहरुले पत्रकार सम्मेलनमा गुनासो गरेका छन् ।
आन्दोलन नगरे सम्म अधिकार प्राप्ती र पाउनु पर्ने रकम नपाइने सामाजिक अवस्थालाई बुझेपछि निर्वाचनको मुखमा आएर सिसी क्यामेरा जडानको रकम नपाएको मुद्धा पत्रकार सम्मेलन गरी वाहिर ल्याउन वाध्य भएको सचिव धिमालले बताउनु भयो । धिमाल ब्यवसायी र धिमाल समुदायलाई समाज, सम्वन्धि निकायले हेर्ने दृष्टकोण भेदभावकारी भएको महसुस गरेर अहिले वाणिज्य संघको निर्वाचनलाई मात्र नभई भोलीका दिनमा हुने संघीय,प्रदेश र स्थानिय तहको निर्वाचन लगायतका विषयमा आफनो अधिकार खोज्न बिद्रोहको संकेत यसै पत्रकार सम्मेलन मार्फत गरेको सचिव मणीराज धिमालले पत्रकारहरुलाई बताउनु भयो ।
वाणिज्य संघका तत्कालिन प्रथम उपाध्यक्ष तथा सिसीटीभी जडान समन्वय समिति संयोजक गोकुल श्रेष्ठसंग सम्पर्क गर्दा सिसीटिभी क्यामेरा जडानको सम्झौता बमोजिमको रकम नपाएको समस्या रहेको छ । सुरज जीसंग धेरै पटक कुराकानी भएको पनि हो । अब निर्वाचित हुने कार्यसमितिले यसको उचित निकास खोजेर समस्या अन्त गर्नु पर्ने श्रेष्ठको भनाई रहेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend