कमल । झापामा विद्यार्थी सर्कल ग्रुप (एसक्युसी) सम्पन्न भएको छ ।
विद्यार्थीहरूको नेतृत्व क्षमता, समस्या समाधान सीप तथा गुणस्तरीय शिक्षाको विकास गर्ने उद्देश्यले विद्यार्थी सर्कल ग्रुप (क्तगमभलत त्तगबष्तिथ ऋष्चअभि–क्त्तऋ) को १० औं हब सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।
क्वेष्ट (त्तग्भ्क्त्) नेपालको आयोजनामा भएको विद्यार्थी सर्कल ग्रुप (एसक्युसी) कमल गाउँपालिका ३ स्थित वण्डरलेण्ड ईङ्गलिस वोडिङ्ग स्कुलको प्राङगणमा सम्पन्न भएको हो । सम्मेलनमा झापाका १० र मोरङका १ गरी ११ वटा विध्यालयका दुईसय १० जना विद्यार्थीका साथै शिक्षक, प्रशिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
सर्कलमा सहभागी विध्यार्थिहरुलाई २९ वटा समुह विभाजन गरेर बिभिन्न कार्यक्रमहरु सन्चालन गरिएको थियो । जसमा प्यानल डिस्कसन, ट्रेजर हण्ट, आर्ट एण्ड कोलाज, स्टोरी फर्मेसन,मेन्टल हेल्थ सेमिनार, साईन्स वर्कसोप,क्युज प्रतियोगिता आयोजना गरिएको १० औं हब सम्मेलनका सह संयोजक प्राञ्जल काईरालाले बताउनु भयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्ना विद्यालय र समाजमा देखिएका विभिन्न समस्या पहिचान गरी त्यसका समाधानका उपाय प्रस्तुत गरेका थिए । जस बाट विद्यार्थीहरूको प्रस्तुतीकरणले उनीहरूमा रहेको सिर्जनशीलता, जवाफ देहिता र नेतृत्व विकासमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।
सम्मेलन अन्तर्गत विभिन्न एसक्युसी समूहहरूबीच अनुभव आदान–प्रदान, प्रस्तुतीकरण तथा छलफल गरिएको थियो । उत्कृष्ट प्रस्तुति दिने समूहहरूलाई पुरस्कृत समेत गरिएको १० औं हब सम्मेलनका सह संयोजक काईरालाले जानकारी दिनुभयो ।

क्वेष्ट नेपालका संयोजक ओम विक्रम नेम्वाङको अध्यक्षता तथा क्वेष्ट नेपालका वरिष्ठ उपाध्यक्ष तथा नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेको प्रमुख आतिथ्यता र कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा कमल ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई, क्वेष्ट नेपालका वरिष्ट उपाध्यक्ष जय बहादुर श्रेष्ठ, कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहाल,प्याब्सन काशी प्रदेशका सचिव गौरिमान फागो लगायतले एसक्युसी कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान, अनुशासन र जिम्मेवारीबोधमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले किताबी ज्ञानसँगै विध्यार्थिलाई जीवनोपयोगी सीप सिक्न सहयोग पुग्ने बताउनु भयो ।