logo
शुक्रबार, साउन २९ २०८३

कमल ५ द्वारा जेष्ठ नागरिकलाई सचेतनाका साथै न्यानो कपडा वितरण


  • कुइनेटो न्युज
  • शुक्रबार, पुष ४ २०८२

कमल। झापाको कमल गाउँपालिका ५ नम्बर वडा कार्यालयले अजा एक कार्यक्रमका बिच जेष्ठ नागरिकलाई  सचेतना का साथै न्यानो कपडा वितरण गरेको छ ।

वडाको चालु आर्थिक वर्षको सिलङ बजेट बाट वडामा रहेका ८ वटा टोल विकास सस्थाको कार्यक्षेत्र भित्र स्थाई रुपमा बसोवास गर्नुहुने ७० वर्ष भन्दा मार्थिका ४५ जना जेष्ठ आमावुबालाई  फाईवरको सिरक वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडामा रहेको सिमित बजेट बाट एकै वर्षमा सबै जेष्ठ नागरिकलाई सम्मान गर्न सकिदैन त्यसैले वडाको बजेटको आकार अनुसार हरेक वर्ष जेष्ठ नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै आवश्यस साम द्वारा सम्मान गर्दै लगिने वडा अध्यक्ष लाल बहादुर विष्टले बताउनु भयो ।
वडामा रहेका जेष्ठ नागरिक कसैलाई परिवार वा अरुकसै बाट अपहेलना गरिएको भैए वडामा जनाकारी गराउन समेत वडा अध्यक्ष विष्टले जेष्ठ नागरिकलाई अनुरोध गर्नु भयो ।

सोही अवसरमा सहजकर्ता जेष्ठ नागरिक राष्ट्रिय महासंघका केन्द्रिय सदस्य  तथा पत्रकार पंकज दाहालले जेष्ठ नागरिकलाई पालन, पोषण र हेरचाहा,उपचारका साथै हकहित र अधिकारका विषयमा समेत राज्यले निर्दिष्ट गरेका कानुका बारेमा जानकारी गराउनु भएको थियो ।

जेष्ठ नागरिकलाई लालनपालन र उपचारमा पहिलो कर्तव्य आफ्ना सन्तानले गर्नु पर्ने ऐन उल्लेख भएपनि असाय,अशक्त र एकल अवस्थामा रहेको जेष्ठनागरिकलाई राज्यको तर्फ व्यवस्था गरिनुपर्ने समेत दाहालले बताउनु भयो ।

कार्यक्रमको सन्चालन वडा सचिव अमृत शाहले गर्नु भएको थियो भने वडासदस्य ओम प्रधानले कायृक्रमको औतित्य माथि प्रकाश पानु भएको थियो । कार्यक्रमा कार्यपालिका सदस्य चन्द्रकला सुब्बा, वडासदस्य चुरुङ्गहाङ लावती ,टोलविकास सस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend