logo
शुक्रबार, साउन २९ २०८३

प्याब्सन झापाको भलिवल प्रतियोगिता सम्पन्न


  • उमानाथ भण्डारी
  • सोमबार, मंसिर १५ २०८२

कमल । निजी तथा आवासीय विध्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) झापाको भलिवल प्रतियोगिता सम्पन्न भएकोछ ।
प्याब्सन झापाले आयोजना गरेको अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालन भएको भलिवल प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा आज सम्पन्न भएको छ ।


प्रतियोगितामा कक्षा ११ र १२ तर्फ छात्रहरुको खेलमा १२ वटा टिम सहभागी रहेका थिए । सहभागी मध्ये निदी सेकेण्डरी स्कुल बिर्तामोड प्रथम भएको छ भने पशुपति ईङ्गलिस स्कुल भद्रपुर द्वतिय भएको छ । त्यस्तै सिद्धार्थ ईङ्गलिस स्कुल भद्रपुर र सिद्धार्थ ईङ्गलिस सेकेण्डरी स्कुल दमक तृतीय स्थान हाँसिल गर्न सफल भएको छन् ।
त्यस्तै कक्षा ११ र १२ तर्फ ११ वटा टिम सहभागी रहेको छात्राहरु बिचको प्रतियोगितामा निदी सेकेण्डरी स्कुल बिर्तामोड प्रथम भएको छ , भने रुपरत्न मेमोरियल सेकेण्डरी स्कुल अर्जुनधार द्वतिय भएको छ भने एस.एस. निकेतन भद्रपुर र सिद्धार्थ ईङ्गलिस सेकेण्डरी स्कुल दमक तृतीय भएको प्याब्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतील जानकारी दिनुभयो ।
कक्षा १० सम्मर्को छात्र तर्फ को खेलमा १४ वटा टिम सहभागी रहेका थिए । जसमा इन्स्पायर एकेडमी दमक प्रथम भएको छ भने एभरेष्ट भिउ,ईङ्गलिस स्कुल मेचिनगर द्वतिय भएको छ । त्यस्तै विध्योदय ईङ्गलिस स्कुल कनकाई र एस.एस. निकेतन भद्रपुर तृतीय हुन सफल भएका छन् ।

त्यसैगरी छात्रा तर्फ १४ वटा टिम सहभागी रहेको प्रतियोगितामा ग्लोवल एडुकेयर एकेडेमी कनकाई प्रथम र प्रजिता ईङ्गलीस सेकेण्डरी स्कुल द्वतिय भएको छ भने लालिमा ईङ्गलिस स्कुल कमल र माउण्ट एभरेष्ट अंग्रेजी मा.वि. गौरादह तृतिय भएको छ ।

प्रतियोगितामा ५१ वटा टिमका खेलाडी र अफिसिल ४ सय ८५ जना भन्दा बढी सहभागीता रहेको थियो । प्रतियोगीताको उद्घाटन नं २१ वहीनीका सहायक रथी मणी कुमार श्रेष्ठले गर्नु भएको थियो ।


यस्ता प्रतियोगिताले विध्यार्थिहरुमा अनुसाशन कायम गर्न ठुलो सहयोग पुग्छ । हरेक खेलले विध्यार्थिमा कसरी अनुसाशन कायम रहने भन्ने ज्ञान लिन सक्छन् । त्यसैले प्याब्सनले हरेक पटक अतिरित्तल कृयाकला गर्ने गरेको व्याब्सन कोशी प्रदेश सचिव गौरिमान फागोले बताउनु भयो ।
प्याब्सनले कितावि ज्ञानका साथै विध्यार्थिमा भएको आन्तरिक क्षमता प्रस्फुटन गर्न ठुलो सहयोग पुग्छ । यस्ता प्रतियोगिताले विध्यार्थिको चौतर्फी विकासमा ठुलो सहयोग पुग्ने प्याब्सन फापाका अध्यक्ष छत्र कार्कीले बताउनु भयो ।
कार्यक्रममा इन्स्पायर एकेडमी दमक र सेभेन सिज शिवसताक्षी का एन सि सि का विध्यार्थिले अथितीहरुलाई सलामि सहित आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए । कार्यक्रममा प्याब्सनका पालिका, प्रदेश र केन्द्रिय तह सम्मका पदाधिकारी हरुको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend