logo
शुक्रबार, साउन २९ २०८३

कमलमा दोस्रो कमल क्याम्पोरी २०८२ सञ्चालन हुने


  • कुइनेटो न्युज
  • सोमबार, मंसिर १५ २०८२

कमल । झापाको कमल गाउँपालिकामा दोस्रो कमल क्याम्पोरी २०८२ सञ्चालन हुने भएको छ ।

कमल गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा नेपाल स्काउट, कोशी प्रदेश स्काउट , स्थानीय स्काउट कमल गाउँपालिकाको आयोजनामा दोस्रो कमल क्याम्पोरी २०८२ सञ्चालन हुने भएको हो ।

यही मङ्सिर १८ गतेदेखि २० गतेसम्म संञ्चालनहुने क्याम्पोरी कमल ५ स्थित स्मारिका सामुदायिक वोडिङ स्कुलमा २ रात ३ दिन सम्म संञ्चालन हुने छ । आवसीय क्याम्पोरीमा कमल गाँपालिका भित्रका १० ओटा सामुदायिक विद्यालय ४ ओटा संस्थागत गरी विद्यालयगरी जम्मा १४ ओटा विद्यालयका करिब ४ सय भन्दाबढी स्काउट विद्यार्थी , ५० भन्दा बढी स्काउटर र अन्य गरि करिब ५ सय जना भन्दा बढीको क्याम्पोरीमा सहभागीता रहनेछ दोस्रो कमल क्याम्पोरी व्यवस्थापन समिती संजोजक मातृका सुवेदीले जानकारी दिनुभयो ।


क्याम्पोरीमा विभिन्न साहसिक खेल र प्रतियोगितात्मक प्रतिस्पर्धासमेत हुनेछन् । जस अन्तरगत गाँठो प्रतियोगिता , कोलाज प्रतियोगिता , हाजिरी जवाफ प्रतियोगिता , ट्रेजरहन्ट प्रतियोगिता , घटना केस स्टडी, व्याकउड कुकिङ प्रतियोगिता सहकार्यत्मक रुपमा संचालन हुनेछन् । सो कार्यक्रममा संञ्चालन गरीने नृत्य प्रतियोगिता विद्यालयगत रूपमा संचालन हुने छ । भने स्काउटहरूले टि हाइक समेत गर्ने छन् ।

क्याम्पोरीको दोस्रो दिन स्काउटहरूलाई विभिन्न उपयोगी तालिम संचालन गरिने छ । स्काउटहरूलाई पाँच ओटा समुहमा विभाजन गरेर तालिममा सहभागी गराइने छ । जस अन्तरगत आध्यात्मिक तथा नैतिक विकास तालिम,Leadership and Life Skills तालिम, आकस्मिक प्राथमिक उपचार तालिम ,Pioneering, Knotting and adventure Skill  तालिम र AI and Coding essential Skills tflnd तालिम संचालन हुने छन् । तालिम विषयगत विज्ञहरूबाट प्रदान स्थानीय स्काउट प्रमुख आयुक्त गुणराज गिरीले बताउनु भयो ।

गत वर्ष सञ्चालन भएको प्रथम कमल क्याम्पोरी २०८१ कमल गाउँपालिका तथा वडा नं.३ को आर्थिक व्यवस्थापन तथा नेपाल स्काउट, कोशी प्रदेश स्काउट, स्थानीय स्काउट कमल गाउँपालिकाको आयोजनामा उत्साहजनक रुपमा सम्पन्न भएको थियो । प्रथम कमल क्याम्पोरीमा कमल गाउँपालिका भित्रका स्काउट,स्काउटरसहित ५ सय जना भन्दा बढीको सहभागितामा विभिन्न सहासिक गतिविधि तथा विभिन्न प्रतियोगिता कार्यक्रम सन्चालनगरी भव्यताका साथ सम्पन्न गरिएको आयोजकले जनाएको छ । ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend