logo
शुक्रबार, साउन २९ २०८३

खयरबारीमा मुक्तिघाट सहित चौतारो शिलान्यास


  • कुइनेटो न्युज
  • मंगलबार, मंसिर ९ २०८२

कमल । झापाको कमल गाउँपालिका ६ मा आज एक कार्यक्रमका बिच चौतारोको शिलान्यास सम्पन्न भएको छ ।

खयरबारी यूवा क्लवको आयोजनामा गाउँपालिका ६ खयरबारी स्थित रतुवा नदिको पुर्वी किनारामा चौतारोको शिलान्यास भएको हो ।

“खयरबारी यूवा क्लव को पहिचान मुक्ती घाट बनाउने हाम्रो अभियान“ भन्ने अभियानका साथ जुटेका युवाहरले आज विवाह पञ्चमीको अवसर पारेर निर्माणाधीन मुक्तिघाटमा मलामी विश्राम कक्ष सहितको चौतारोको शिलान्यास (भूमि पूजन) कार्यक्रम सम्पन्न भएको हो ।


क्लवका अध्यक्ष राम शाही ठकुरी ,कमल ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई ,वडा सदस्य ओम पराजुली ,जग्गादाता रत्नकुमारी खनालले संयुक्त रुपमा चौतारोको शिलान्यास गर्नु भएको थियो ।


निर्माणाधिन चौतारो दुई तलाको हुनेछ , जसमा मलामी विश्राम कक्ष सहित स्टोर रहने छ । चौतारो निर्माणकालागी दशैंमा चिठ्ठा कार्यक्रम बाट र तिहारमा देउसी खेलेर जम्मा पोरको रमक का साथै स्थानिय, शुभचिन्तक बाट जम्मा भएको रकम बाट शुरु गरिको घाट सहितको चौतारो निर्माणकालागी करिब १७ लाख रुपैया खर्चहुने क्लवका अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।

चौतारोको शिलान्यास कार्यक्रममा टोल विकास संस्था तथा स्थानिय संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधी, स्थानिय वासी समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend