logo
शुक्रबार, साउन २९ २०८३

कमल प्याब्सन द्वारा आयोजित खेलकुदको हाल सम्मको नतिजा


  • उमानाथ भण्डारी
  • शनिबार, मंसिर ६ २०८२

कमल । कमल निजी तथा आवासी विद्यालय अर्गनाइजेशन नेपाल (कमल प्याब्सन) को आयोजना भएको खेलकुद प्रतियोगिता अन्तरगत आज सम्पन्न भलिवल तर्फ को खेलमा लालिमा आवासिय माध्यमिक विध्यालय प्रथम भएको छ ।

कमल प्याब्सनको आयोजनामा भएको पालिका स्तरीय खेलकुद अन्तरगत माध्यमिक तह तर्फको छात्र÷ छात्रा दुबैतर्फ भलिवलमा लालिमा आवासिय माध्यमिक विध्यालय प्रथम भएको छ । भने फोजिक्स ईङ्गलिस वोडिङ्ग स्कुल दुबै खेलमा उपविजेता भएको छ । त्यसैगरी पाथिभरा वोडिङ्ग स्कुलले तृतिय स्थान हाँसिल गर्न सफल भएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ स्थित केर्खा खेल मैदानमा भएको छात्रा तर्फ ८ सय मिटर दौडमा प्रथम सिम्रन वोहोरा (निहारीका) ,द्वतिय समिक्षा वोहोरा ( फेनिक्स) तृतिय कृर्तिका श्रेष्ठ( स्टार) हुनुभएको छ । छात्र तर्फको १ हजार ५ मिटर दौडमा प्रथम अनुप देवान (साउथ पोल), द्वतिय रविन खड्का ( निहारीका) तृतिय साईमन खड्का (फोनिक्स) हुनुभएको प्याब्सान कमलका सचिव त्रिलोचन गौतमले बताउनुभयो ।


त्यस्तै छात्रा तर्फको १ हजार ५ मिटर दौडमा प्रथम सिम्रन वोहोरा( निहारीका ) द्वतिय मान्यता लिम्बु ( फोनिक्स) तृतिय साक्षी फागो (केर्खा पब्लिक) हुनुभएको आयोजकले जनाएको छ ।

खेलकुद प्रतियोगिता मार्फत विध्यार्थिमा भएको आन्तरिक क्षमता प्रस्फुटन गर्न ठुलो सहयोग पुग्ने छ । केहि महिना पछि हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सूरुवात भएको समेत आफुले महशुस गरेको कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सुर्य प्रसाद न्यौपानेले बताउनु भयो ।


व्याब्सन कमलले आयोजनागरेको खेलकुदमा सबै भन्दा ठुलो योगदान भनेको विद्यार्थीको हुन्छ । यदि विध्यार्थिले प्रतियोगिता सहभागी नहुने हो भने प्रतियोगिता सम्पन्न हुदैन त्यसैले सहभागी सम्पुर्ण विध्यार्थि भाई बैनिलाई धन्यवाद दिन चाहान्छु । यसका साथै हाम्रो निमन्त्रणलाई स्वकार्दै उपस्थित हुनु भएकोमा सम्पुर्ण अतिथी, अफिसियल टिम, खेल शिक्षकलाई समेत कमल प्याब्सनमा अध्यक्ष दिपक संग्रौलाले धन्यवाद दिनुभयो ।


कमल प्याब्सनमा आवद्ध भएका विध्यालयहरु मध्ये १४ वटा विध्यालयका ६ सय खेलाडीका साथै खेल शिक्षक, प्रशिक्षक लगायतको उपस्थितीमा रहेको थियो ।
प्रतियोगितामा प्याब्सन कोशी प्रदेश सचिव गौरिमान फागो, प्याब्सन कमलका पदाधिकारी लगायत स्थानिय संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको हाल सम्मको नतिजा यस प्रकार छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend