कमल । कमल निजी तथा आवासी विद्यालय अर्गनाइजेशन नेपाल (कमल प्याब्सन) को आयोजनामा आज बाट खेलकुदका कार्यक्रम सुरु भएका छन् ।
कमल प्याब्सनको आयोजनामा अएको पालिका स्तरीय खेलकुदका कार्यक्रम गाउँपालिकाको वडा नम्बर ३ स्थित केर्खा खेल मैदानमा दुईदिन सम्म सञ्चालन हुनेछ ।
प्याब्सनमा आवद्ध भएका विध्यालयहरु मध्ये १५ वटा विध्यालयका ६ सय खेलाडीका साथै खेल शिक्षक, प्रशिक्षक लगायतको उपस्थितीमा भएको उद्घाटन खेल प्याब्सन केशी प्रदेश सचिव गौरिमान फागोले उद्घाटन गर्नु भएको थियो ।

प्रतियोगितामा आधारभुत तह तर्फ छात्रछात्रा दुबैको १००÷२००÷४०० मिटर दौड,छात्र तर्फ फुटवल, चम्चा दौड, हिसाब दौड, स्याक दौड तथा माध्यमिक तह तर्फ छात्रछात्रा दुवैको भलिवल, १००÷२००÷४००÷ ८०० र १५०० मिटर दौड, रिले दौड, मार्शल आर्ट लगायतका खेलकुदका प्रतियोगित सञ्चालन हुने प्याब्सान कमलका सचिव त्रिलोचन गौतमले बताउनुभयो ।

प्याब्सन कमलका अध्यक्ष दिपक संग्रौलाको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्याब्सन कमलका पदाधिकारी लगायत स्थानिय संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । फुटेज धजबतकबउउ मा छ ।