logo
शुक्रबार, साउन २९ २०८३

वर्क फर नेपाल द्वारा लक्ष्मी नारायण माविमा स्वाच्छ खानेपानी निर्माण


  • कुइनेटो न्युज
  • सोमबार, मंसिर १ २०८२

शिवसताक्षी । झापाको शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा वर्क फर नेपाल द्वारा रु १ लाख ५० हजारको लागत खर्चमा बायो सेटसहितको स्वच्छ पिउनेपानी निर्माण गरिएको छ ।

आइतबार विद्यालयमा एक कार्यक्रमबीच  हेल्पिङ ह्यण्ड्स्को आर्थिक सहयोगमा वर्क फर नेपालले सो  पिउनेपानी आयोजना विद्यालयलाई हस्तान्त्रण गरिएको छ ।

शिक्षक अभिभावक संघका  अध्यक्ष तेजवहादुर सेन्चेउरीको अध्यक्षता र शिबसताक्षी–१ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा  वर्कफर नेपालका प्रतिनिधिले उक्त पिउनेपानी  बिध्यलयलाई हस्तान्त्रण गरिएको हो ।

स्वास्थ्य, शिक्षा, सीप विकासका कार्यक्रमसंगै गरीवी निवारण लागि समुदायमा स्वच्छ पिउनेपानी उपलब्ध गराउँदै आएको वर्क फर नेपालले  धरमपुरस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयलाई स्वच्छ पिउनेपानी निर्माण गरेको  वर्कफर नेपालका अध्यक्ष त्रीलोचन अधिकारीले  बताउनु भयो ।

उहाँका अनुसार  यस्तो कार्यक्रम जिल्लाको बिभिन्न बिध्यालयहरुमा गरिएको र  चाडै शिबसताक्षी–३ को पाराबारीस्थित भानू माध्यमिक विद्यालयमा पनि पिउनेपानी निर्माण गरिने बताउनुभयो ।

नवनिर्मित वायो स्टेन पिउने पानीमा १ हजार लिटर क्षमताको ट्यङ्की राखीएको र ६ वटा धारा जडान गरिएको वर्क फर नेपालका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

सोही अवसरमा वर्क फर नेपालले  २० जना बिपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र स्वास्थ्य सामाग्रीहरु वितरण समेत  गरेको छ । स्वास्थ्य सामाग्रीहरुमा दन्त ब्रस , सावून, स्याम्पु, तौलिया लगायतका सरसफाई सामाग्रीहरु र स्टेस्नरीका सामग्रीहरु  रहेका छ्न ।

बिध्यालयलाई अति आवस्यक रहेको स्वाच्छ पिउने पानी जाडान गरिदिएकोमा सहयोगी दाता प्रति बिध्यालाका प्रधानध्यपक खगेन्द्रबहादुर लम्जेलले हार्दिक आभार प्रकट् गर्नु भयो । यस अघि बिध्यालयमा भुमिगत ट्युबेलको  पानी प्रयोग गर्नु पर्ने बाध्यताले गर्दा बिध्यार्थीहरुलाई पानी जन्य रोग लाग्ने गरेकोमा यो धारा जडान पस्चात  धेरै सहज हुने प्र अ लम्जेलको भनाई छ ।

कार्यक्रममा वडाध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ, विद्यालयका पुर्व शिक्षक तथा अक्षयकोष दाता माधवप्रसाद भण्डारी, व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भीमबहादुर खवास लगायतका विशिष्ट व्यात्तित्वहरुको उपस्थिती थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend