दमक। नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य होम बहादुर थापाले हिजो एमाले फुटाएर अको पार्टी बनाएकाहरुले त्यसको सत्य सावित गर्न नसकेको र अहिले नयाँ पार्टीमा गाभिएको बताउनु भयो ।
नेपाल कम्यूनिष्ट पार्टी(एमाले) वडा कमिटी दमक८ले सञ्चालन गरेकोे टोल भेला सम्पन्न गरेपछिको समिक्षा बैठकलाई सम्वोधन गर्दै नेकपा एस पार्टी बनाएकाहरु पार्टी चलाउन नसकेपछि नयाँ बनेको नेपाली कम्युनिष्ट पार्टीमा विलय भएको बताउनु भएको हो । उनीहरुले पार्टी फुटाउनुको कारण सहितको औचित्य पुरा गर्न नसकेको नेता थापाले बताउनु भयो ।
हिजो घर छोडेर जाने साथीहरुलाई घर फर्क अभियानमा घर फर्काउन पनि कार्यकर्तालाई आब्हान कोशी प्रदेश साँसद समेत रहनु भएका थापाले बताउनु भयो ।
संसद पुर्नःस्थापना गरी संवैधानिक प्रक्रियावाट सर्वपक्षीय ÷सर्वदलीय सरकार गठन सहितको आवाज उठाउन कार्तिक २९ गते भोली शनिवार विर्तामोडमा हुने बृहत जनजागरण सभामा पार्टी कार्यकर्ता ,शुभचिन्तक र शुभेच्छुकहरुलाई सक्रिय रुपमा सहभागी हुन उहाँले आब्हान गर्नु भयो ।
गत कार्तिक २२ गते देखि २७ गते सम्म पार्टी वडा कमिटी दमक ८ले सञ्चालन गरेको टोल भेला सम्पन्न गरेपछि समिक्षा बैठक सम्पन्न गरेको छ । ७ टोलका भेला सम्पन्न गर्दाको राम्रो पक्ष र सुधार गर्नु पर्ने पक्षकाबारेमा छलफल गरिएको वडा सचिव प्रकाश रिजालले जानकारी दिनु भयो ।
भोली हुने विर्तामोडको जनजागरण सभामा वडावाट बृहत सहभागीता गराउने पनि उहाँ बताउनु भयो ।

पार्टीको वडा कमिटी अध्यक्ष खेम श्रेष्ठको अध्यक्षतामा सम्पन्न समिक्षा बैठकमा किरात कञ्चन टोल कमिटीको टोल भेलाको संयोजक तथा एमाले जिल्ला सदस्य साथै वडा इन्चार्ज राम प्रधान,सरस्वती टोल भेलाका संयोजक पार्टी प्रदेश कमिटी स्थानिय विभाग सदस्य धर्मप्रसाद दाहाल(दिपेश),मनकामना टोल कमिटीको टोल भेलाको संयोजक एमाले झापा जिल्ला सदस्य तथा प्रेस चौतारी इन्चार्ज मन कुमार गदालले टोल भेलाको रिपोटिङ गर्नु भएको पार्टी वडा कमिटी उपाध्यक्ष युवराज आचार्यले जानकारी दिनु भयो ।
यसै गरी पशुपति टोल भेला संयोजक पार्टीको कोशी प्रदेश निर्वाचन विभाग सदस्य प्रेम दंगाल,शिवालय टोल भेलाका संयोजक पार्टी नगर सदस्य गंगा प्रसाद सेडाई,युनिक टोल भेलाका संयोजक पार्टीका जनसास्कृतिक विभाग सदस्य शिव नेपाल र सहिद टोल कमिटी अध्यक्ष देवेन्द्र खड्का र नेपाल खेलकुद महासंघको केन्द्रीय सदस्य इन्दु न्यौपानेले टोलहरुमा एमालेको पक्षमा जनमत बढ्दै गएको,पार्टीमा भए गरेका कमजोरी सुधार गर्दै जनताको घर दैलोमा निरन्तर पुग्न सुझाव दिएको बताउनु भयो ।