logo
शुक्रबार, साउन २९ २०८३

नवोदयको २७ औं सभामा पेस गर्ने प्रतिवेदन सार्वजनिक


  • उमानाथ भण्डारी
  • बिहिबार, कार्तिक २७ २०८२

कमल । कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा पेस गर्न तयार परिएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

सञ्चालक समितिको तर्फ बाट साधारणसभामा प्रस्तुत गर्न तयार परिएको प्रतिवेन आज एक औपचारीक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

सस्थाका अध्यक्ष शरण कुमार पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पराजुली . पुर्व अध्यक्ष दिलिप कुमार चापागाई, वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।

सार्वजनिक गरिएको प्रतिवेदनमा सस्थाले आफ्नो गति र लक्ष्यमा अघि बढिरहेको अवस्थामा पछिललो आर्थिक मन्दीले निम्त्याएको तरलता अभावका कारण संस्थाको आर्थिक गतिविधि प्रभावित भई लक्ष्य अनुसार प्रगति हासिल गर्न नसकिएको उल्लेख गरिएको छ ।

अध्यक्ष  पराजुलीले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार २०५५ सालमा स्थापना भएको सस्थामा हाल १७ हजार २५० जना सदस्य रहेका छन् भने झापा र मोरङ्ग गरी ११ वटा सेवा केन्द्र बाट कारोवार गरिरहेकोछ ।

गत आषाढ मसान्त सम्ममा शेयर पूँजी १२ करोड २१ लाख ७४ हजार २ सय रुपैया रहेको छ भने बचत तर्फ ५२ करोड ७२ लाख ६० हजार ९७ रुपैया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी कर्जा लगानी तर्फ ७६ करोड ३५ लाख १ एकहजार ५ सय ७८ रुपैया रहेको र कोष हिसाब तर्फ १४ करोड ४० लाख ४० हजार ८ सय ५६ रुपैया कारोवार गरि २ करोड १७ लाख ४५ हजार ८ सय ६४ रुपैया खुद बचत गर्न सस्था सफल भएको अध्यक्ष पराजुलीले द्वारा प्रस्तुत गरेको प्रतिवेदमा उल्लेख गरिएको छ ।

    ईकाईगत  साधारण सभा सन्चालन हुने मिति समय र स्थान

सस्थाले प्रतिवेदन सार्वजनिक संगै सेवा केन्द्रगत साधारण सभाको मिति समेत सार्वजनिक गरेको छ । जस अनुसार अगामी मंसिर ११ गते बाट मधुमल्ला र उर्लावारी सेवा केन्द्र बाट सुरु हुने ईकाईगत साधारण सभा २०८२ साल मंसिर १८ गते केरखा सेवा केन्द्रको साधारण सभा गरी १९ गते शुक्रवार मुख्य कार्यालयको सभाहलमा माईन्युट प्रमाणीकरण गरी २७ औं वार्षिक साधारणसभा सम्पन्न हुने छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा सन्चालक, समिति लेखा सुपरीवेक्षण समिति , सल्लाहकार समिति र कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
सस्थाका व्यवस्थापक रविन सुब्बाले सन्चालन गर्नु भएको कार्यक्रममा उपस्थित सहभागीलाई संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend